सोमबार मध्य रातीदेखि आन्तरिक हवाई उडान बन्द

बैशाख २२ गते रातिदेखि सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने

Night flight

काठमाडौं । देशभर कोरोना संक्रमण तीव्र रुपमा कोरोना संक्रमण बढेसँगै सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने भएको छ ।

बढ्दो कोभिड संक्रमण रोकथामका लागि सरकारले सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारत लगायतका सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ ।

सरकारले बढ्दो कोरोना नियन्त्रणका लागि भन्दै बिहीबारदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ । सोही दिनदेखि काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालननमा रोक लगाएको थियो । तर, यातयात व्यवसायीहरुले त्यसको चर्काे विरोध जनाउँदै आएका थिए ।

यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशक समितिले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । आइतबार मात्रै नेपालमा अहिलेसम्मकै सबैभन्दा उच्च कोभिड संक्रमित भेटिएका छन् ।

बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै सरकाले भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडानसमेत रोक्ने निर्णय गरेको सरकारका प्रवक्त एवं सञ्चार मन्त्री पार्वत गुरूङले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...