देवेन्द्रले कसलाई यसरी भने, ‘तस्विर बनी आँखाभरी ?’ (भिडियोसहित)

Devendra baraili song

काठमाडौं । विदेशीएका नेपालीहरुको जीवन कथालाई समेटेर गीतकार देवेन्द्र विश्वकर्माले ‘तस्विर बनी आँखाभरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

मनोज साङसोङ राईको संगीत, स्वर र संगीत संयोजनमा बनेको गीत ‘तस्विर बनी आँखाभरी’ मा बाध्यताले परदेश जान बाध्य भएका कयौं युवाहरुको सपनालाई समेटिएको छ ।

परदेशमा व्यस्त जीवन बिताइरहेका बेला पनि आफ्नो प्रेयसीले भोग्दै आएका पीडा व्यक्त गरिएको छ । गीतकार देवेन्द्र विश्वकर्माको यो पहिलो सांगीतिक प्रस्तुतीका रुपमा आएको ‘तस्विर बनी आँखाभरी’ मा विरानो ठाउँमा रहँदा पनि आफ्नो प्रेयसीलाई भुल्न नसकिने यथार्थलाई गीतमा पस्किएका छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिकाको मुर्तिढुंगामा जन्मिएका विश्वकर्मा लामो समयदेखि खाडी मुलुकमा छन् । उनले खाडी मुलुकमै बसेर शब्द सिर्जना गरिरहेका छन् ।

उनको यो पहिलो प्रस्तुतीको रुपमा आएको ‘तस्विर बनी आँखाभरी’ बोलको गीत काठमाडौंको किंस स्टुडियोमा रेकर्डिङ गरिएको छ भने गायक राईकै अभिनयमा किंस स्टुडियामा छायांकन गरिएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...