गैरआवासीय नेपालीहरुका लागि बुद्धि सागर सुवेदीको नामै काफी

Buddhi sagar subedi

पेन्सलभेनिया (अमेरिका) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन आउनै लागेको छ । निर्वाचनको मुखैमा आइपुग्दा उम्मेदवारी आफ्ना भावी कार्य योजना सुनाउन निक्कै तल्लिन देखिन्छन् ।

उम्मेदवारहरुले आफ्ना मिठा र गुलिया नाराहरु अघि सारिरहेका बेला एनआरएनएका लागि योग्य र सक्षम व्यक्ति बुद्धिसागर सुवेदीको नामै काफी छ । उनले नाराले होइन, कामैले मतदाताको मन जितिरहेका छन् ।

गैरआवासीय नेपाली संघको निर्वाचनमा झण्डै २१ हजार मतदाता छन् । एनआरएनए एनसीसी अमेरिकाको पञ्जिकृत सदस्य संख्या २१ हजार ८ सय ५४ जना छन् । त्यसमध्ये २ हजार ३ सय १४ जना आजिवन सदस्य र १५ हजार ५ सय ७९ जना साधारण सदस्य रहेका छन् ।

यति धेरै सदस्य संख्या रहेको अमेरिकामा चुनावी रौनकले विश्वका नेपालीलाई तताइदिएको छ । यो पटक करिब ३० वटा राज्य च्याप्टर नेतृत्वको पनि चुनाव हुनेछ । तिनै २१ हजार मतदाताका प्रिय व्यक्ति हुन् सुवेदी । त्यो लोप्रियताले सुवेदीलाई भावी अध्यक्षका रुपमा हेर्न सकिने पक्कापक्की जस्तै छ ।

मध्य नेपालको चितवनलाई पहिले ७६ औं जिल्ला भनिन्थ्यो, अहिले ६८ औं जिल्ला भन्न थालिएको छ । त्यही जिल्लामा जन्मिका हुन् सुवेदी । र, उनको कर्मथलो चाँही अमेरिका हो । जहाँ उनी नेपालीको मनमनमा बसेका छन्, सहयोगी बनेका छन् ।

चुनावी माहोल ल्याउन बुद्धि सुवेदी धेरै अगाडी छन् । सुवेदीका अगाडी–पछाडी उम्मेदवारहरुको कारगेट छ । सुवेदीलाई जनसम्पर्क समिति सम्बद्ध पक्ष, एनआरएन अभियन्ता, अग्रज, राज्य च्याप्टर, प्रवासी मञ्च अमेरिकाका केहि र दर्जनौ अरु उम्मेदवारहरुले सपोर्ट छ ।

यतिसम्मकी नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता भगवान मैनालीले समेत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन २०२१ मा अध्यक्षका उम्मेदवार सुवेदीलाई समर्थन गरेका छन् ।

निर्वाचन हो, कसले कसरी जित्छ भन्ने थाहै हुँदैन । तर, उनी निर्वाचन जित्ने शतप्रतिशत ढुक्क छन् । ‘चुनाव त म पक्कै जित्छु नै । तर मैले मात्रै होइन, मेरो एजेण्डाले पनि जित्नुपर्छ’ उनले निशान न्युजसँग भने, ‘यति मात्र होइन, एनआरएनए एनसीसी अमेरिकाले पनि जित्नुपर्छ, संस्थाले जित्नुपर्छ । हामी सबै नेपाली अमेरिकन समुदायले जित्नुपर्छ ।’

उनको यही विचारले गर्दा पनि उनलाई अमेरिकामा बसोबास गर्ने नेपालीहरुले मन पराउने गर्छन् । ‘यो केवल जित या हारको पनि होइन, कुरा हाम्रो अस्थित्व, नेपालीत्व, आधिकार र सन्ततिको भविष्यसम्मको कुरा मैले उठाउँदै आएको छु’ उनी भन्छन्, ‘ति सबै कुराको जित हुनुपर्छ, म त्यसैको लागि लागि परेको छु, यसमा म आफ्ना प्रतिवद्धता पूरा गर्न कुनै कसर बाँकी राख्ने छैन ।’

सुवेदी एनआरएनए एनसीसी अमेरिकाको विस्कान्सिन च्याप्टरको संस्थापक अध्यक्ष भए । उनी एनआरएनए एनसीसी अमेरिकाको वर्तमान कार्यसमितिको उपाध्यक्षसमेत हुन् ।

उनले यो पटक संघको नागरिकताको बिषय पनि उत्तिकै उठाएका छन् । उनले क्यानाडा, बेलायत, अष्ट्रेलिया लगायतका देशहरुसँग सहकार्य गरेर गैरआवासीय नेपालीहरुको बिषयलाई टुंगो लगाउने प्रतिवद्धता जनाएका छन् ।

उनले गैरआवासीय नेपाली संघमा अमेरिकालाई संसारको उदाहरणको बास्केट/सूचना/सिष्टम केन्द्रको रुपमा बिकास गर्ने योजना बनाएका छन् । अमेरिका देश जस्तै एनआरएनए एनसीसी अमेरिकालाई पनि सबै नेपाली समुदायको सहभागिता र स्वामित्व भएको बनाउने उनको योजना छ ।

उनले लाखौं नेपालीलाई स्वरोजगार बनाउने, आन्तरिक झमेला र समस्याहरुको अन्त्य गर्ने, नेपालीत्वको भावनाको विकास गराउने, एकले अर्कालाई सहयोग गर्नैपर्छ भन्ने बोध गराउने, विदेशी भुमीमा रहे पनि अनिवार्य रुपवमा जन्मभुमीमा केही गर्न प्रेरित गराउने जस्ता कुरालाई जोड दिँदै आएका छन् ।

प्रतिकृया दिनुहोस