एनआरएन अमेरिकाको सभापतिमा लामिछानेको उम्मेदवारीले अमेरिकामा ल्यायो हलचल, जित्ने सम्भावना बलियो बन्दै

Krishna lamichhane

पेन्सलभेनिया (अमेरिका) । हरेक निर्वाचनका बेला उम्मेदवारहरुले संसारै पल्टाउने नारा उचालेर मतदाताको मन जित्ने प्रयास गर्छन् । तर यही मे महिनामा हुने गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको सभापतिमा कृष्णप्रसाद लामिछानेले उम्मेदवारी दिएका छन् ।

उनले आफ्नो उम्मेदवारी दिँदा मतदाताको मन जित्नका लागि होइन, साच्चै काम गर्ने र गरिरहेका विषयलाई नै उठाएका छन् । जसले अमेरिकामा बस्ने गैरआवासीय नेपालीहरुको मन सजिलै जितिरहेका छन् ।

उनी अमेरिकामा बस्ने नेपालीका माझ अत्यन्तै लोकप्रिय छन् । गण्डकी प्रदेशको गोरखा जिल्लामा जन्मिएका कृष्ण लामिछाने २० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । अमेरिकामा बस्दै आए पनि उनले नेपालमा निक्कै ठूलो सहयोग गर्दै आएका छन् ।

(एनआरएन) अमेरिकाको निर्वाचन मुखैमा आइसकेको छ । निर्वाचनको मुखमै आइपुग्दा लामिछानेले अमेरिकामा रहेका हस्तीहरु विष्णु सुवेदी, प्रमोद सिटौला, धनन्जय नरसिह केसी लगायतको पाउँदा जितको बलियो आधार तय गरिसकेका छन् ।

त्यसको अलवा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह लगायतका शीर्ष नेतारुको साथ र समर्थनले पनि लामिछानेलाई भावी सभापतिको रुपमा हेर्न थालिएको छ । तर, उनले आफू बिजयी भएमा कांग्रेसी टोपी लगाएर संस्थामा नछिर्ने प्रतिवद्धता जनाएका छन् ।

सम्पूर्ण अमेरिकाका नेपाली समुदायको लागि काम गर्ने प्रतिबद्धता जनाएका कारण पनि आम गैरआवासीय नेपालीहरुले उनको साथ दिने देखिएको छ । । ‘मलाई मत भन्दा पनि आशिर्वाद चाहिन्छ । मैले डलास समाजमा नेतृत्व गरेर पनि देखाएको छु’ उनले भने, ‘मलाई त्यहि रुपमा आशिर्वाद दिए मात्रै पनि काफी हुन्छ ।’

‘एनआरएनए अमेरिकाको आगामी निर्वाचन केवल संस्थाको नियमित प्रकृया मात्र होइन, यो विशाल संस्थालाई नियममा हिडाउन म तयार छु’ उनले निशान न्युजसँग भने, ‘सबैभन्दा ठूलो एनसीसीको बलले आईसीसीमा अमेरिकाको एनआरएनएनको साख र प्रभाव राख्न सही पात्रको छनौट हुन पनि जरुरी छ र त्यसको लागि म अहोरात्र जुट्ने छु ।’

हुन पनि उनी एनआरएन अमेरिकाको सभापति बन्न सक्ने हिम्मतवाला एक मात्र पात्र पनि हुन् । कोरोना संक्रमणकाल बेला होस् वा नेपालमा गएको विनासकारी महाभुकम्पले नेपाल क्षतविक्षत बन्दा नेपालीहरुको सहयोगी पात्र बने । दुःखमा परेका नेपालीहरुको आशा र भरोसाको केन्द्र बने । त्यही भएर पनि यही मे महिनामा हुने निर्वाचनमा विजयी हुनेमा उनी विश्वस्त छन् ।

‘२० वर्षे अमेरिकन जीवनमा यहाँको नेपाली समुदायप्रतिको मेरो अगाध माया र लगाव अनि यही सामुदायिक अभियानको लामो अनुभवलाई एनआरएनएमा जोडेर काम गर्ने प्रणका साथ गाली र तालीको पूर्ण आशा गर्दछु’ उनले निशान न्युजसँग भने, ‘निर्वाचनका बेला मात्र होइन, अरु जुनसुकै बेला पनि म नेपालीहरुको सेवामा तल्लिन हुनेछु ।’

उनले पछिल्लो समयमा विश्वमा फैलिएको कोरोना संक्रमणका कारण समस्यामा परेका नेपालीहरुलाई अनेक प्रकारको सहयोग गरे । उनले नेपालमा मात्रै होइन, अमेरिकामा बस्ने नेपालीलाई पनि कोरोना संक्रमणकालिन अवस्थामा निक्कै ठूलो योगदान दिएका छन् ।

नेपालीमाझ निक्कै लोकप्रिय रहेकाले पनि आफु एनआरएन अमेरिकाको सभापतिमा विजयी बन्ने बताउँछन् । ‘मलाई अमेरिकामा बस्ने सबै नेपालीहरुको साथ छ । मैले लामो समयदेखि आपत विपतमा परेका नेपालीहरुलाई विना स्वार्थ सहयोग गर्दै आएको छु’ उनले निशान न्युजसँग भने, ‘मैले एनआरएनमा के कस्ता मुद्दा उठाउनुपर्छ भनेर राम्ररी बुझेको कारण पनि आगामी दिनमा नेपालीको समस्या उठान गर्दै समाधानमा पहल गर्ने मेरो प्रतिवद्धता भएका कारण पक्कै म विजयी बन्ने छु ।’

प्रतिकृया दिनुहोस