धनकुटाका विद्यालय १० दिनलाई बन्द, साप्ताहिक हटिया लगाउन प्रशासनको रोक

Dhankuta bazar

धनकुटा । धनकुटामा कोरोना संक्रमणको जोखिम बढेसँगै धनकुटा नगरपालिकाले बुधबारदेखि नगर क्षेत्रका सबै विद्यालय १० दिनका लागि बन्द गराएको छ ।

बालबालिका बिरामी हुने क्रम बढेको र एक जना छात्रमा कोरोना ण्संक्रमण पुष्टि भएपछि आकस्मिक रुपमा नगर क्षेत्रका विद्यालय बन्द गराइएको नगरपालिकाले जनाएको छ ।

सीसीएमसीको निर्णय सार्वजनिक गर्दै धनकुटा नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाद्धारा जारी सूचनामा भौतिक उपस्थितीमा हुने पठनपाठन बन्द गरी भर्चुअल वा वैकल्पिक सिकाई विधि प्रयोग गर्न विद्यालयहरुलाई भनिएको छ । यता, परीक्षा सञ्चालन भइरहेको भए स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरेर मात्र परीक्षा लिन आग्रह गरिएको छ ।

केही विद्यालयमा अध्ययनरत बालबालिमामा ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षणबाट बिरामी भएको पाइएको छ । सदरमुकामस्थित गोकुन्डेश्वर बालमन्दिर माविमा पनि केही छात्रछात्रामा त्यस्तो लक्षण देखा परेकोले अस्पताल भर्ना गरिएको प्रधानाध्यापक दामोदर मिश्रले जानकारी दिए ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि जिल्लाभरका सबै साप्ताहिक हाट बजार बन्द गरेको छ । भीडभाड हुने भएकाले तत्कालका लागि हाट बजार बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए ।

हेल्थ साइन्स बन्द 
धनकुटा–६ स्थित धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्समा अध्ययनरत २० बर्षीय छात्रलाई कोरोना संक्रमण भएपछि अनिश्चित कालका लागि हेल्थ साइन्स बन्द भएको छ ।

धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्सले यसअघि बुधवार सूचना जारी गरेर अर्को सूचना जारी नभएसम्मका लागि कलेज बन्द भएको जनाएको छ । कलेज बन्द गरेर लक्षण देखिएका विद्यार्थीहरुलाई पीसीआर परीक्षण गराउन भनिएको कलेजका प्रशासन प्रमुख खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

मंगलबार मात्रै धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्स अध्ययनरत छात्रलाई कोरोना पुष्टि भएको जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेड डाक्टर पुजन विश्वकर्माले बताए ।

केही दिनअघि पनि धनकुटा १० का एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित अहिले होम आइसोलेशनमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...