एकै दिन १३ मुद्दा फैसला

Law3

काठमाडौँ । जिल्ला अदालत मकवानपुरले मङ्गलबार एकै दिन  १३ मुद्दा फैसला गरेको  छ । सो दिनका लागि इजलासमा २८ मुद्दाका पेशी तोकिएको थियो । यस्तै अदालतले १५ मुद्दामा आदेश जारी गरेको छ ।

न्यायाधीश डिल्लीरत्न श्रेष्ठका इजलासमा मुद्दाका पेशी तोकिएकामा तीनको फैसला भएको तथा तीनमा आदेश जारी भएको छ । यस्तै न्यायाधीश कमलराज विष्टका इजलासमा आठ मुद्दाका पेशी तोकिएकामा पाँचको फैसला भएको तथा तीनमा आदेश जारी भएको हो  ।

यसै गरी न्यायाधीश मनोज श्रेष्ठका इजलासमा सात मुद्दाका पेशी तोकिएकामा एकको फैसला भएको तथा छ मुद्दाको आदेश जारी भएको थियो ।

न्यायाधीश सीता शर्मा अधिकारीका इजलासमा सात पेशी तोकिएकामा चार फैसला भएको तथा तीन आदेश जारी भएको जिल्ला अदालत मकवानपुरका स्रेस्तेदार तीर्थराज भट्टराईले बताए । यस्तै जिल्ला अदालत मकवानपुरको इजलासमा आज लागि १९ मुद्दाको पेशी तोकिएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस