बाँकेमा आज राति १२ बजेदेखि वैशाख १५ गतेसम्म कडा लकडाउन

Download 15632

काठमाडौँ । कोरोना संक्रमण नियन्त्रणका लागि नेपालगन्जमा आज रातिदेखि लकडाउन हुँदैछ ।

कोरोना संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको हिजो बसेको सर्वपक्षीय बैठकको सिफारिसको आधारमा आज राति १२ बजेदेखि बैशाख १५ गते राति १२ बजेसम्मका लागि लकडाउन गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अत्यावश्यक काम बाहेकको हिंडडुल गर्नसमेत निषेध गरिएको बताए ।

लकडाउनमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा बैंक तथा वित्तीय संस्थासमेत सञ्चालनमा रोक लगाइएको छ । तरकारी, दुध, खाद्यान्न र ग्यासका पसलहरु बिहान ६ देखि ९ बजेसम्म मात्रै संचालन गर्न दिइने छ ।

बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित ७ सय ३५ पुगेको छ । संक्रमित बिरामीहरुले नेपालगन्ज र कोहलपुरका अस्पतालहरु भरिदै गएका छन् । संक्रमण तिब्र गतिमा फैलँदै गए पछि स्थितिलाई थप भयावह बन्न नदिन लकडाउन गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...