करेन्ट लागेर भक्तपुरमा युवकको मृत्यु

Current  pzx6oacsx3

भकतपुर । भक्तपुरको सल्लाघारीमा करेन्ट लागेर मंगलबार साँझ एकजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित एक घरमा केबुल मर्मत गर्दा करेन्ट लागेर केबुलका अपरेटर सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका–२ कुन्चोक घर भई हाल मध्यपुर थिमि राधेराधे बस्ने २० वर्षीय संजीव भारतीको मृत्यु भएको हो ।

केबुल मर्मत गर्ने क्रममा करेन्ट लागेर भारती ६ तल्लाबाट सडकमा खसेका थिए । घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सल्लाघारीस्थित डाक्टर इवामुरा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

प्रत्यक्षदर्शीका अनुसार भारतीले केबुलको तार समातेर तान्दा हाइटेन्सनको तारमा परेको र हाइभोल्टेजले तार जल्न गइ करेन्ट लागेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...