हरिद्वारमा गंगा स्नान गरेर फर्किएका पूर्वराजा शाह दम्पतिलाई कोरोना संक्रमण

Gyanendra shaha

काठमाडौं । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतिलाई कोरोना संक्रमण भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार मात्रै स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नी कोमल शाहलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ । यद्यपि उनीहरुसँग सम्पर्कमा आएका कति जनालाई कोरोना संक्रमण भएको छ भन्ने अहिलेसम्म थाहा दिइएको छैन ।

मौनी अमावश्यको शुभमुहूर्तमा त्यहाँ शाही स्नान तथा विशेष कार्यक्रममा सहभागी हुन मेला आयोजकका तर्फबाट आएको निमन्त्रणालाई स्वीकार गर्दै पूर्व राज दम्पती चैत ३० गते हरिद्वार गएका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...