कोरोनाको जोखिम : नेपाल राष्ट्र बैंकले भन्यो, सकेसम्म घरबाटै बैंकिङ काम गर्नु (पूर्णपाठसहित)

Nepal rastra bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकले ९ बुँदे सूचना जारी गर्दै सेवाग्राहीको भिडभाड नहुने र भौतिक दुरी कायम हुने गरी व्यवस्था मिलाई भौतिक आवतजावतसकेसम्म कम हुने गरी विद्युतीय माध्यमबाट गर्न र गराउन प्रोत्साहन निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमणको जोखिम बढेको भन्दै सेवालाई सकेसम्म विद्युतीयमाध्यमबाट गर्नरगराउन निर्देशन दिएको छ ।कर्मचारीको हकमा समूहमा विभाजन गरी समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी काम गराउन, रिमोर्ट एक्सेस, वर्क फ्रम होम, सिफ्टमा काम गराउनेलगायतको उपाय अबलम्बन गराउन राष्ट्र बैंकले भनेको छ ।

त्यसैगरी बैठक, गोष्ठी, सेमिनार, तालिम, जस्ता कार्य सकेसम्म भर्चुअलमाध्यमबाट गराउन पनि भनेको छ । राष्ट्र बैंकले एटीएम बुथमा सेनिटीइजर एवम् टिस्युपेपरको व्यवस्था गर्न समेत भनेको छ ।

राष्ट्र बैंकले एटीएम प्रयोगबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राख्न तथा सेनिटाइजरको व्यवस्था गर्न पनि भनेको छ । त्यस्तै, बैठक, गोष्ठी, सेमिनार, तालिमलगायत कार्यक्रममा पर्याप्त भौतिक दूरी कायम राख्न र सकेसम्म यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्न निर्देशन दिइएको छ । त्यसैगरी, रिमोट एसेस, वर्क फ्रम होम, सिफ्टवाइज वर्क जस्ता उपाय अवलम्बन गर्न राष्ट्र बैंकको निर्देशन छ ।

विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवाप्रवाह गर्न, सेवा प्रवाहका क्रममा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राही संक्रमणको जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न निर्देशन दिएको छ भने सेवाग्राहीको भिडभाड नहुने व्यवस्था मिलाउन, भौतिक दूरी काम गर्न तथा यथासम्भव विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न(गराउन राष्ट्र बैंकको निर्देशन छ ।

संक्रमणको शंका लागेका बिरामीलाई तत्काल आइसोलेट गरी परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टिनमा राख्‍नसमेत निर्देशन गरिएको छ । कोभिड–१९ सुरक्षा व्यवस्थापन समूह गठन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यस्तो छ राष्ट्र बैंकको निर्देशन

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...