वैशाख मसान्तसम्म ठूला शहरका विद्यालय बन्द, कुनकुन शहरमा बन्द हुन्छ ?

School banda

काठमाडौं । देशभर कोरोना संक्रमणको दर उच्च रुपमा बढेपछि संक्रमणको जोखिमलाई ध्यानमा राखी ठूला शहरका विद्यालय बन्द गर्ने भिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म ठूला शहरका विद्यालय भौतिक उपस्थितिमा सञ्चालन नगरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण विद्यालय जाने बालबालिकालाई धेरै देखिन थालेकाले जोखिम बढेको छ । पछिल्लो २४ घण्टामा ९८ जनामा बालबालिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ० देखि ९ वर्ष उमेर समूहका २४ जना र १० देखि १९ वर्ष उमेर समूहका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबारसम्म पाँच वर्षमुनिका तीन हजार ५६५ बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको र १० जनाको निधन भएको थियो । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ प्रभावित १४ जिल्लाका विद्यालयमा विद्यार्थीलाई नजानका लागि आग्रह गरेको थियो ।

मन्त्रालयले मोरङ, पर्सा, बारा, काठमाडौंँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत र कैलाली कोभिड–१९ अतिप्रभावित जिल्ला तोकेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...