ओलीलाई सघाउने-नसघाउनेबारे जसपामा सांसदको कित्ताकाट हुँदै

Upendra mahantha wppbw2lm9z

जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्तासाझेदारी गर्ने कि अन्य दलसँग भन्ने विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षबाट पार्टीका सांसद को कता लाग्छन् भन्ने गणना सुरु भएको छ ।

संघीय प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । जसमये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित छन् । बाँकी ३२ सांसदमध्ये पूर्वराजपाबाट निर्वाचित १६ र पूर्वसमाजवादी पार्टीबाट निर्वाचित १६ जना रहको नागरिकले लेखेको छ । गत वर्ष यी दुई पार्टी मिलेर जसपा बनेको हो ।

जसपाभित्रको दुई लाइन विवादमा पूर्वराजपा खेमाका केही सांसदले पूर्वसमाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र पूर्वसमाजवादीका केही सांसदले पूर्वराजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरलाई साथ दिएका छन् । जसपामा यादव र ठाकुर दुवै अध्यक्ष छन् । ओलीसँग मिल्नुपर्छ भन्ने लाइनको नेतृत्व ठाकुरले र कुनै पनि अवस्थामा ओलीसँग मिल्नु हुँदैन भन्ने समूहको नेतृत्व यादवले गरेका छन् । पूर्वराजपा अध्यक्षमण्डलका ६ जनामध्ये महेन्द्र यादवले उपेन्द्रलाई साथ दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...