समता समाज र जनजाति सम्मेलनले मनाए ३४औँ संयुक्त स्थापना दिवस

Samata smaja sthapana diwas

काठमाडौँ । राष्ट्रिय जनमोर्चा निकट मानिने जातीय समता समाज र अखिल नेपाल जनजाति सम्मेलनले ३४औँ संयुक्त स्थापना दिवस देशभर मनाएको छ ।

जातीय समता समाज र जनजाति सम्मेलनको प्रदेश समितिहरुको आयोजनामा देशभर ३४औँ संयुक्त स्थापना दिवस बनाएको हो ।

अखिल नेपाल जनजाति सम्मेलन र जातीय समता समाजका बागमती प्रदेश समितिको आयोजनामा शुक्रबार आयोजना गरेको कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले अखिल नेपाल जनजाति सम्मेलन र जातीय समता समाजले सामाजिक चेतनाको आन्दोलन चलाएको बताए । ‘नेपालमा संस्थागत रूपमा सामाजिक चेतनाको आन्दोलन अरू कसैले चलाएनन्’ प्रवक्ता पुरीले भने, ‘अखिल नेपाल जनजाति सम्मेलन र जातीय समता समाजले मात्रै सामाजिक चेतनाको आन्दोलन चलाए ।’

उनले गणतान्त्रिक व्यवस्था आए पनि जातीय विभेदलाई यथावतै राख्ने संस्कार अहिले पनि रहेको बताए । उनले अखिल नेपाल जनजाति सम्मेलन र जातीय समता समाजले सबै खाले कुरीति, परम्परा र भेदभावका विरुद्ध मात्र होइन, एनजिओकरण जनविरोधी भूमिका, जातिवाद र साम्राज्यवादको विरुद्ध सङ्घर्ष गरिरहेको स्मरण गरे ।

कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, जातीय समता समाजका महासचिव भक्त विश्वकर्मा, अखिल नेपाल कानुन व्यवसायी सङ्घका महासचिव लक्ष्मणदेव पाण्डे, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य प्रकाश थापामगर, अखिल (छैठौं) का पूर्व केन्द्रीय सदस्य भीष्म जोशी, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मी, राष्ट्रिय जनमोर्चा काठमाडौँका सचिव छवि खनाल, नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका सदस्य घनश्याम अधिकारी (वैरागी जेठा), अखिल (छैठौं) काठमाडौँका उपाध्यक्ष ध्रुव बस्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रमको अध्यक्षता अखिल नेपाल जनजाति सम्मेलनका वागमति प्रदेशका अरुण थिङले गरेका थिए भने सञ्चालन समता समाजका केन्द्रीय सदस्य गोपाल बराइलीले गरेका थिए ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जातीय विभेदले सुरूदेखि गाँजेको हाम्रो समाजलाई कम्युनिस्ट बनाउनु धेरै कठिन भएको इतिहास स्मरण गर्दै सुरुबाटै सिकेको ज्ञान कुनै न कुनै रूपमा आज पनि समाजमा निरन्तर काम लागेको बताए ।

लुम्बिनी प्रदेश समिति र जातीय समता समाज लुम्बिनी प्रदेश समितिको ३४औँ संयुक्त स्थापना दिवस कार्यक्रममा अध्यक्ष केसीले क्षणिक सिकाईबाट नेता बन्ने हरूको महत्वाकांक्षाले कम्युनिस्ट आन्दोलन कमजोर भएको औँल्याए ।

‘हाम्रो पार्टी सानो छ भन्नेहरूले अहिले आफ्नो स्वार्थ सिद्धी गर्न प्रदेशहरूमा हाम्रै भर परेको र हाम्रो समर्थनले आफ्ना ठेकेदार, माफिया आदी प्रयोग गरेर स्वार्थसिद्ध गर्न खोज्दैछन्’ केसीले भने, ‘आफूलाई कम्युनिस्ट भन्ने हरूको यो चर्तिकलाले देशको एकता, अखण्डता र सार्वभौमसत्तामा समेत गम्भीर संकट उत्पन्न गराएकोले अब पनि काँध थापेर जान सकिँदैन ।’

कार्यक्रममा जातीय समता समाजका केन्द्रीय अध्यक्ष राजेश विक, अखिल (छैठौं) का केन्द्रीय सदस्य सरोजमान सिंह, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य हरि योगी, अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रीय अध्यक्ष ढुण्डीराज शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय कार्यवहाक महासचिव उषा पुन, राजमो केन्द्रीय परिषद सदस्य शुरेश थापा, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसी, राजमोका केन्द्रीय सदस्य ईन्दीरा ज्ञावली, नारायण जिसी, लुम्बिनी प्रदेश कोषाध्यक्ष गणेश गौतम, जातीय समता समाजका पूर्व केन्द्रीय अध्यक्ष दिलबहादुर विक लगायतले जनजाति सम्मेलन र समता समाजको स्थापना दिवसको इतिहास र महत्वबारे प्रकाश पारेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...