एनआरएन अमेरिकाको उपसभापतिमा बासुदेव अधिकारीले उम्मेदवारी दिने

Basudev adhikari

पेन्सलभेनिया (अमेरिका) । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको उपसभापतिमा व्यवसायी बासुदेव अधिकारीले उम्मेदवारी दिने भएका छन् ।

यही जुलाईको पहिलो साता हुने निर्वाचनमा अधिकारीले उपसभापतिमा उम्मेदवारी दिए पक्कापक्की भएको छ । उनी हाल एनआरएन अमेरिकाको केन्द्रिय सदस्य हुन् ।

उनी अमेरिकामा बस्ने नेपालीका माझ अत्यन्तै लोकप्रिय छन् । उनी सफल व्यवसायी पनि हुन् ।

सुदूरपश्चिम नेपालको कैलाली जिल्लामा जन्मिएका अधिकारी लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । अमेरिकामा बस्दै आए पनि उनले नेपालमा निक्कै ठूलो सहयोग गर्दै आएका छन् ।

उनले पछिल्लो समयमा विश्वमा फैलिएको कोरोना संक्रमणका कारण समस्यामा परेका नेपालीहरुलाई अनेक प्रकारको सहयोग गरे । उनले नेपालमा मात्रै होइन, अमेरिकामा बस्ने नेपालीलाई पनि कोरोना संक्रमणकालिन अवस्थामा निक्कै ठूलो योगदान दिका छन् ।

उनले कैलाली जिल्लाको टिकापुरमा भने पटकपटक सहयोग गर्दै आएको छन् । उनलाई टिकापुरबासीले जहिले पनि सम्झिने गर्छन् । नेपालीमाझ निक्कै लोकप्रिय रहेकाले पनि आफु एनआरएन अमेरिकाको उपसभापतिमा विजयी बन्ने बताउँछन् ।

‘मलाई अमेरिकामा बस्ने सबै नेपालीहरुको साथ छ । मैले लामो समयदेखि आपत विपतमा परेका नेपालीहरुलाई विना स्वार्थ सहयोग गर्दै आएको छु’ उनले निशान न्युजसँग भने, ‘मैले हाल केन्द्रिय सदस्य हुँदा एनआरएनमा के कस्ता मुद्दा उठाउनुपर्छ भनेर राम्ररी बुझेको कारण पनि आगामी दिनमा नेपालीको समस्या उठान गर्दै समाधानमा पहल गर्ने मेरो प्रतिवद्धता भएका कारण पक्कै म विजयी बन्ने छु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...