एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा सुवेदीले उम्मेदवारी दिने

Babu subedi usa

पेन्सलभेनिया । ‘सकारात्मक सोंचसहित समाज परिवर्तनका लागि, नेपालीका लागी, नेपाली’ भन्ने मुल मन्त्रका साथ गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा बाबु सुवेदीले उम्मेदवारी दिने भएका छन् ।

नेपालको चितवन निवासी सुवेदी अमेरिकामा आइटीको क्षेत्रमा कार्यरत छन् । उनले आफु आइटी क्षेत्रमा काम गर्ने भएकाले आउँदो चुनावमा नयाँ भिजन दिनसक्ने बताए ।

नेपालमा रहँदा सारदा नगर जेसिज लगायतका विभिन्न संघ संस्थामा क्रियाशील सुवेदी अमेरिकको डिसी एरियामा बसेर पनि उत्तिकै सामाजिक काममा सक्रिय रहँदै आएका छन् । उनले कोरोना संक्रमण तीव्र रुपमा फैलिएर अमेरिकामा लकडाउन हुँदा लकडाउनको कुनै प्रवाह नगरी नेपालीहरुलाई सहयोग गर्न तल्लिन भएका थिए ।

अमेरिकामा सामाजिक अभियान्ताका रुपमा परिचित सुवेदीले आउँदो चुनावमा अमेरिकामा बसोबास गर्ने नेपालीलाई सुहाउने भिजन बनाएर दिने प्रतिवद्धता जनाएका छन् ।

उनी सबैलाई सफल व्यवसायी बनाउने योजनामा रहेको सुनाउँछन् । उनको खास योजना चाँही युवा पुस्तालाई व्यवसायी बनाउने छ । त्यसका लागि उनीसँग बेग्लै भिजन छ । उनी आफ्नो भिजन पूरा गर्न कनै कसर बाँकी नराख्ने बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...