नेपाल पत्रकार संघ बेल्जिमको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा शर्मा चयन

Beljiam shakha

बेल्जियम । नेपाल पत्रकार संघ बेल्जिमको प्रथम अधिबेशन सम्पन्न भएको छ । प्रथम अधिवेसनले ओम शर्माको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु शेर्पा र कोषाध्यक्षमा निलम धिमिरे निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा शेरबहादुर छन्त्याल, तेज नेपाली, सन्तोष न्यौपाने निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्य समितिलाई नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीले पद तथा गोपनियताको सपथ गराए । सो कार्यक्रममा केन्द्रिय सदस्य बराइलीले समग्र पत्रकारिता क्षेको विकासका लागि विदेशमा रहेका पत्रकारहरुको भुमिका उत्तिकै महत्वपूर्ण हुने बताए ।

पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा बरिष्ट पत्रकार तथा केन्द्रिय प्रतिनिधि भगिरथ योगीले नवनिर्वाचित कार्य समितिका पदाधिकारीलाई शुभकामना दिँदै विदेशमा रहेर पनि पत्रकारिता क्षेत्रमा निरन्तर लाग्नसक्नु नै खुसीको कुरा भएको बताए । उनले हात हातमा सञ्चार रहेकाले अबको दिनमा हातबाटै भिडियो बनाउन सक्ने बन्नुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ युरोप शाखाकी नवनिर्वाचित अध्यक्ष सरस्वती कार्की, निर्वाचन समितिका संयोजक महेश थापा, नेपाल पत्रकार महासंघ वेल्जियम शाखा सदस्य शेरबहादुर छन्त्याल लगायतले शुभकामना दिँदै सबै पत्रकारहरु भावनात्मक रुपमा एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...