कर्णाली प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

Karnali pradf rajinama

काठमाडौँ । कर्णाली प्रदेश सरकारका ३ मन्त्रीले पदबाट राजीनामा दिएका छन् । एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीले आज संयुक्त रुपमा राजीनामा दिएका हुन् ।

एमालेबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री प्रकाश ज्वाला, समाजिक विकास मन्त्री दलबहादुर रावल र उद्योग, वन तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् । उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफ्ना मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको थियो । आइतबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो भने चैत ४ गते सो पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

केन्द्रमा नेकपा बदर हुँदै एमाले र माओवादी केन्द्र व्यूँतिएपछि कर्णाली प्रदेशको सरकार ढल्ने अवस्थामा पुगेको छ । ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा एमालेको २० सिट रहँदा माओवादी केन्द्रसँग १३ सिट मात्र छ भने राप्रपाका १ जना सांसद रहेका छन् । एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार संकटमा परेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...