सिक्किममा गएको ५.८ रेक्टर स्केलको भूकम्पको धक्का नेपालसम्म

Earthquake frequency

काठमाडौं । भारतको सोमबार साँझ सिक्किमलाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का नेपालसम्म महसुस भएको छ । इलामसहित पूर्वी पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले जनाएका छन् । राजधानी काठमाडौंमा पनि यसको सामान्य महसुस भएको छ ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार भूकम्पको झट्का नेपालको पूर्वी भूभागमा समेत महसुस भएको थियो । ‘जनकपुरसम्म पनि भूकम्पको ठूलो झट्का महसुस भएको जानकारी पाएका छौं’, उनले भने ।

प्रतिकृया दिनुहोस