काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण अनिवार्य

Nagdhunga cheaking 2

काठमाडौं । काठमाडौं जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिले काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार बसेको समिति बैठकले उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने र यसको व्यवस्थापन नगरपालिकाले मिलाउने निर्णय गरेको हो ।

काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्नु पर्ने व्यवस्था गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

बैठकले नाकामा एन्टीजेन परीक्षण गर्नका लागि एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन र यदि एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्‍यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत समितिले निर्देशन दिएको छ ।

बैठकले नगरपालिकाहरुमा सञ्‍चालित आइशोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आ–आफ्नो नगरपालिका भित्र एक–एक वटा आइशोलेसनरक्वारेन्टाइनको व्‍यवस्थापन गर्न अनुरोध गरेको पराजुलीले जानकारी दिए ।

त्यस्तै कोरोना फैलना नदिन जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, बिद्यालयमा माक्स र स्यानिटाइजरको व्यवस्था अनिवार्य गर्ने निर्णय पनि समितिले गरेको छ । त्यस्तै सार्वजनिक कार्यक्रम पनि सम्न्धीत निकायको अनुमतिबेगर गर्न नपाइने निर्णय समितिले गरेको छ । समितिले मास्क बितरण गर्ने, साार्वजनिक यातायातमा अनुगमन गर्ने र माक्स लगाउन अभिप्रेरित गर्ने लगाएतका कार्यलाई तीव्रताका साथ सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एनआरएन अमेरिकाको उपसभापतिमा बासुदेव अधिकारीले उम्मेदवारी दिने

Basudev adhikari

पेन्सलभेनिया (अमेरिका) । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको उपसभापतिमा व्यवसायी बासुदेव अधि...