२० दिनमै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मुल्य १२० रुपैयाँ

Petrol oil pump

काठमाडौं । पछिल्लो पटक चैत ३ पेट्रोलियम पदार्थको मूल्य बढाएको नेपाल आयल निगमले फेरि पेट्रोल र डिजल र मट्टीतेल मूल्य बढाएको छ ।

निगमका अनुसार साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ट गरेअनुसार आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढेको हो ।

अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजलरमट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो । अहिले २० दिनमै निगमले फेरि मुल्य बढाएको छ ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत् रहेको जनाइएको छ । नयाँ समायोजनपछि पनि निगमलाई पेट्रोलमा अझै ७ रुपैयाँ ३९ पैसा घाटा रहेको उल्लेख गरिएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो । पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भए तापनि मासिक नोक्सानी अत्यधिक रहेको निगमले बताएको छ ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ, डिजलमा प्रति लिटर १.९४ रुपैयाँ घाटा छ । ग्याँसमा प्रतिसिलिन्डर ४१८.४७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

१५ दिनमा निगमलाई ८८ करोड घाटा हुने र ग्याँसमा मात्रै पाक्षिक रुपमा ६०.१३ करोड घाटा रहेको निगमले बताएको छ । सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा सञ्चित नाफाबाट व्यवस्थापन गरिने निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...