मुक्ति समाजको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न, गणेश विश्वकर्मा अध्यक्ष

Garenh bk

काठमाडौं । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमा सम्पन्न भएको छ । सो भेलाले निवर्तमान महासचिव गणेश विश्वकर्मालाई अध्यक्षमा र निवर्तमान महासचिव अनुभूति बम नेपालीलाई महासचिवमा निर्वाचित गरेको छ ।

भेलाले महिला उपाध्यक्षमा टेकु नेपाली र मधेशी उपाध्यक्षमा रामऔतार पासवानलाई निर्वाचित गरेको छ भने प्रदेश नं. १ को उपाध्यक्षमा डिबि शाहशंकर, प्रदेश नं. २ मा श्रीप्रसाद पासवान, बागमती प्रदेशमा चक्र रचाल, गण्डकी प्रदेशमा कृष्ण नेपाली, लुम्बिनी प्रदेशमा शारदा स्वर्णकार, कर्णाली प्रदेशमा गगन सुनार र सुदूरपश्चिममा नरबहादुर विश्वकर्मा छन् भने उपमहासचिवमा श्याम लुहागुन, दुर्गा परियार, होम नेपाली, मीना परियार र घनश्याम रिजाल, सचिवहरुमा बलबहादुर परियार, दशरथ राम दीपक विशुंखे, गजेन्द्र सार्की, मनोज विश्वकर्मा, गोपाल नेपाली, गोरख सार्की, प्रदीप सोब, लीलबहादुर परियार, सुधिरमान विश्वकर्मा, नन्द घतानी, दलबहादुर वि.क., रामबहादुर सुनार, भवानी शंकर, कृष्णकुमारी वि.क., टंक सुनार, कुलमान विश्वकर्मा, चित्र रर्साइली, रुद्र किसान रहेका छन् ।

कोषाध्यक्षमा गोविन्द नेपाली र सहकोषाध्यक्षमा कल्पना बराल निर्वाचित भएका छन् । साथै भेलाले सल्लाहकार कमिटीको अध्यक्षमा दलबहादुर सुनार र केनद्रीय अनुशासन कमिटीमा तारा रुचाललाई निर्वाचित गरेको छ ।

दुई दिनसम्म संचालन भएको सो भेलाले पहिलो नेतृत्व निर्माण गर्दै दोस्रो दिन केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको थियो । निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एमालेका स्थायी कमिटीका सदस्य कमरेड बेदुराम भूषालले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।

यस्तो छ विज्ञप्ती
नेकपा (एमाले) को एकता बचाऔं, कम्यूनिष्ट आन्दोलनको रक्षा गरौं । आर्थिक–सामाजिक रुपान्तरणका लागि प्रगतिशील आरक्षणको पक्षमा जनमत श्रृजना गरौं ।। भन्ने मूल नाराकासाथ नेपालको सबैभन्दा ठूलो संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय कार्यकर्ता भेला यही २०७७ चैत्र २१ र २२ गते संगठनको पुनःगर्ठनसहित महत्वपुर्ण राजनीतिक तथा समसामयिक प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गर्दै काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंकटमा भव्यताकासाथ सम्पन्न भएको छ । राष्ट्रिय कार्यकर्ता भेलाको समुद्घाटन नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री कमरेड माधवकुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सो भेलामा अतिथीहरुमा नेकपा एमाले केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृह र रक्षामन्त्री क.डा.भीमबहादुर रावल, नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री क.गोकर्ण विष्ट, नेकपा स्थायी कमिटी सदस्य क.बेदुराम भूषाल, नेकपा एमाले पोलिटब्यूरो सदस्य कमरेड भागवत विश्वासीलगायतको उपस्थिति रहेको थियो । देशका ६८ वटै जिल्लाका ४०० बढी प्रतिनीधिहरुको सहभागितामा सम्पन्न सो भेलाले गणेश विश्वकर्मा अध्यक्ष रहेको ३४१ जनाको केन्द्रीय कमिटी पुनर्गठन गर्दै समसामयिक राजनीतिक प्रस्तावहरु निम्न रहेका छन् ।

समसामयिक प्रस्तावहरु
१. यही २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको अनपेक्षित निर्णयपछि पनि केपी शर्मा ओलीले पार्टीको विधान र पद्धति विपरित काम गर्दै हाम्रो पार्टीका श्रेदय बरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री कमरेड माधवकुमार नेपाल, पार्टीका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री कमरेड डा.भीमबहादुर रावल, पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री कमरेड घनश्याम भूषाल र पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री कमरेड सुरेन्द्र पाण्डेयमाथि कथित निलम्बनसम्मको कार्वाहीलाई यो भेला टाडै अस्वीकार गर्दछ ।
२. नेकपा एमालेलाई एकताबद्ध र सुसंगत रुपमा अगाडि बढाउनका लागि केपि ओलीबाट यही २०७७ फागुन २८ गते गुटको भेलाबाट भए गरिएका विधान विपरितका सबै काम कावाहीहरु रद्द गरी पार्टी विधान, पद्धति र विधि अनुरुप पार्टीका स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठकहरु सुचारु गर्नुपर्दछ र यसका साथै सवोच्च अदालतको फैसला अनुरुप नेकपा एमालेका सबै कमिटीहरु र पार्टी संबद्ध जनसंगठनहरु यथावत संचालन हुनुपर्दछ भन्ने कुरामा यो भेला दृढतापूर्वक आफ्नो मत जाहेर गर्दछ ।

३. केपी शर्मा ओलीका पार्टी विधान विपरितका अराजक, स्वइच्छाचारी, विसर्जनवादी, विघटनकारी क्रियाकलाप नै पार्टी एकता र कम्यूनिष्ट आन्दोलनका सामु मूल समस्याका रुपमा खडा भएकाले यो भेला त्यस्ता समस्याहरुको निराकरण गर्दै विसर्जन र विघटनबाट बचाउन अन्तिमसम्म लड्ने संकल्प गर्दछ ।

४. केपि शर्मा ओलीले नेपालको संविधान, पार्टीको विधान तथा कम्यूनिष्ट आचरण विरोधी गतिविधि गर्दै पार्टीको ऐतिहासिक एकता भंग गर्ने, कम्यूनिष्ट क्रान्तिकारीहरको झण्डै दुई तिहाईको सरकारलाई बदनाम गर्ने र सरकारमा बसेर विभिन्न विवादमा फस्ने गैरकम्यूनिष्ट प्रदर्शन गरेको र पार्टीलाई सुचारु ढंगले संचालन गर्नुको साटो हाम्रा प्रिय नेताहरुमाथि कार्वाही गर्ने र लाखौ. कार्यकर्तामाथि पक्षपातपूर्ण व्यवहार गरेकाले यो भेला केपि ओलीका सम्पूर्ण कर्तूतहरुलाई दलित जनताका बीचमा व्यापकरुपमा भण्डाफोर गर्ने घोषणा गर्दछ ।

५. नेपाल उत्पीडित जातीय मुक्ति समाजलाई अझ एकीकृत र सुदृढ बनाई संगठनले आर्जन गरेको नेपाली दलित आन्दोलनको जेठो र अग्रणी नेता संगठनको विरासतलाई कुनै पनि हालतमा झुक्न नदिने संकल्पकासाथ यस राष्ट्रिय कार्यकर्ता भेलाले पारित गरेका सम्पूर्ण निर्णय र प्रस्तावहरुको सन्देशलाई सम्पूर्ण दलित वस्तीहरुमा पुर्याउने दृढसंकल्प गर्दछ ।

६. हाम्रो पार्टी नेकपा एमालेले अंगिकार गरेको सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जनताको वहुदलीय जनवादको प्रकाश र मार्गदर्शनमा रहि पार्टी तथा मुक्ति समाज नेपालले पारित गरिसकेको प्रगतिशील आरक्षणलाई अझ परिष्कृत र समृद्ध वनाउँदै नेपाली दलित समुदायको राजनीतिक, आर्थिक, सामाजिक÷साँस्किृतिक रुपान्तरणसहित समाजमा विद्यमान जातीय भेदभाव तथा छुवाछूत जस्तो सामाजिक अपराध र कलंकको पुर्ण अन्त्य गर्दै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा जुट्न यो भेला दृढसंकल्प व्यक्त गर्दछ ।

७. देशका विभिन्न भागमा दलितहरुमाथि जातीय छुवाछूुत र भेदभावका नाममा घटाइएका जघन्य हत्या, हिंसा, बलात्कार तथा कुटपीटसम्मका घट्नाहरुप्रति यो भेला घोर भत्र्सना गर्दछ साथै, तत्काल यसखाले घट्नामाथि सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कार्वाही गर्न जोडदार माग गर्दछ ।

८. नेपालको संविधान र विद्यमान कानून विपरित गठन गरिएका राष्ट्रिय दलित आयोगलगायतका सम्पूर्ण संवैधानिक आयोगहरुको नियुक्ति बदर गरी संविधानतह पुनगर्ठन गर्न हामी जोडदार माग गर्दछौं ।

९. नेकपा एमालेको यही २०७७ चैत्र ४ र ५ गते काठमाडौमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाद्धारा पारित प्रस्ताव तथा फैसलाहरुलाई देशव्यापी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।

१०. नेपाल उत्पीडित जातीय मुक्ति समाजको पाँचौं राष्ट्रिय सम्मेलन भएको एक दशक बढी समय हुन्जेलसम्म पनि राष्ट्रिय सम्मेलन नगर्ने, संगठनको विधान र पद्धति विपरित चल्ने, संगठनमा चरम गुटबन्दी गर्ने, संगठनका त्यागी र क्षमतावान कमरेडहरुमाथि पक्षपातपूर्ण व्यवहार गर्ने जीतु गौतम नेतृत्वको संगठन आजको परिवर्तित सन्दर्भमा सही ढंगले चल्न नसक्ने ठहर गर्दै यस ऐतिहासिक भेलाबाट मुक्ति समाज नेपालको केन्द्रीय कमिटी पुनगर्ठन गरिएको छ । जसको अध्यक्ष गणेश विश्वकर्मा, महासचिव अनुभूति बम नेपालीसहित ३४१ जनाको केन्द्रीय कमिटी निर्माण गरिएको छ । साथै, एक महिनाभित्र सम्पूर्ण तहका कमिटीहरु पुनगर्ठन गरिसक्ने निर्णय गरिएको छ ।

११. देशभरीवाट संगठनको विभिन्न जिम्मेवारीमा रहि यस ऐतिहासिक राष्ट्रिय कार्यकर्ता भेलामा उपस्थित भै भेलालाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गर्नुहुने सम्पूर्ण कमरेडहरुहरुप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछ । साथै, भेलाको उद्घाटनमा प्रमुख अथिति कमरेड माधवकुमार नेपाल, अथितिहरु कमरेड भीमबहादुर रावल, कमरेड गोकर्ण विष्ट, कमरेड बेदुराम भूषाल, कमरेड भागवत विश्वासी र कमरेड दलबहादुर सुनारलगायतप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...