पत्रकार महासंघ युरोप शाखाको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा सरस्वती कार्की चयन

Urop fnj

पोर्चुगल । नेपाल पत्रकार महासंघ युरोप शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ । सो अधिवेसनले सरस्वती कार्की (डेनमार्क) लाई सर्वसम्मत रुपमा अध्यक्ष चयन भएकी छन् ।

सो अधिवेसनले उपाध्यक्ष द्वयमा क्रमश लक्ष्मण देवकोटा (स्विजरल्याण्ड) र टेक गिरी (नर्वे) सचिवमा अनुराधा पौडेल, सहसचिवमा भोला लामिछाने (स्पेन) र कोषाध्यक्षमा ल्हाक्पा तेन्जी लामा (रोमानिया) चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा क्रमस बसन्त रानाभाट (स्पेन), हिरालाल श्रेष्ठ (स्विजरल्याण्ड), बिष्णु शर्मा पौडेल (डेनमार्क), दिपक धिताल (जर्मनी) र सरोज ढुंगाना (नर्वे) चयन भएका छन् । सो अधिवेशनबाट शाखाको सल्लाहकारमा क्रमश महेश थापा र डिल्ली अम्माई चयन भएका छन् ।

नेपाल पत्रकार महासंघ युरोप शाखाका पूर्व अध्यक्ष महेश थापाको संयोजकत्वमा रहेको निर्वाचन समितिले सर्वसम्मत रुपमा युरोप शाखाको घोषणा गरेको थियो ।

नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीले सफत गराए । सो अवसरका केन्द्रिय सदस्य बराइलीले विदेशी भुमीमा रहेर पनि नेपाली पत्रकारिता क्षेत्रमा गरेको योगदानको नेपाल पत्रकार महासंघले सधैं सम्मान गर्ने बताए । उनले पेशागत मर्यादालाई कायम राख्दै महासंघको छवीलाई सधैं उच्च राख्न युरोप शाखाले उत्तिकै महत्वपूर्ण भुमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।

नवनिर्वाचित कार्यसमितिको सफत कार्यक्रममा प्रेस स्वतत्त्रता सेनानी मेघराज शर्मा, नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा, नेपाल प्रेस युनियन युरोप शाखाका अध्यक्ष बासु सत्याल, कार्यसमितिका उपाध्यक्ष लक्ष्मण देवकोटा, सचिव अनुराधा पौडेल, सरोज ढुंगाना, पोर्चुगलका संयोजक, निवर्तमान युरोप शाखा सचिव पेम्बा गेलु शेर्पा, निर्वाचन समिति संयोजक महेश थापा, सदस्य थानेश्वर सापकोटा लगायतले महासंघको गरिमालाई कायम राख्दै नपाली पत्रकारहरुको क्षमता विकासका लागि हरतरहले लागिपर्ने प्रतिवद्धता जनाए ।

शेरबहादुर छन्त्यालले सञ्चालन गरेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सरस्वती कार्कीले महासंघले विदेशमा रहेका शाखाहरुलाई सहयोगी शाखाको रुपमा मात्र नहेरी मतदानको अधिकार दिनुपर्नेमा जोड दिइन् । उनले विदेशमा रहेका नेपाली पत्रकारहरुको पेशागत सुरक्षाका लागि जुनसुकै कदम चाल्न पनि महासंघ तयार रहेको बताइन् ।

कार्यक्रम डिल्ली आम्गाईको सभापतित्वमा सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...