नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारण सभा सम्पन्न, ५ पत्रकारहरु सम्मानित

News dabu

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने ५ जना नेवाः पत्रकार र संचार गृहलाई सम्मान गरिएको छ ।

मध्यपुर थिमिमा सम्पन्न नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारण सभामा जनआस्थामा प्रवन्ध सम्पादक वरिष्ठ पत्रकार राजेन्द्र स्थापितलाई ज्ञानज्योति लक्ष्मीप्रभा पुरस्कार प्रदान गरियो । २० हजार रुपैयाँ राशीसहित स्थापितलाई पुरस्कृत गरिएको हो ।

नागरिककर्मी पत्रकार वृmष्ण किसीलाई १५ हजार रुपैयाँ राशीसहित ज्ञानदेवी मणिरत्न स्थापित स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । १० हजार रुपैयाँ राशी रहेको फोटो पत्रकारितामा निरन्तर सक्रिय रहेकी महिला फोटो पत्रकारलाई रेखा शाक्यलाई बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

त्यसैगरी बुद्ध धर्मको सन्देश प्रचार प्रसारमा योगदान दिएको भन्दै बोधि टेलिभिजन भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । बोधि टेलिभिजनका कार्यकारी निर्माताले राजु नापितले बोधि टेलिभिजनको प्रतिनिधित्व गर्दै १२ हजार राशीसहितको उक्त पुरस्कार पाए ।

उत्तरी र दक्षिणी दुबै मोहडाबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो र हालसम्म एक मात्र महिला पत्रकार कल्पना महर्जनलाई पनि सोही कार्यक्रममा विशेष सम्मान प्रदान गरिएको थियो । नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सदस्यमा मनोनित हुने नेवाः पत्रकार ऋषिकेश श्रेष्ठलाई बधाईसहित सम्मान गरिएको थियो ।

सम्मानित सबैलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले दोसल्ला ओढाएका थिए । वागमती प्रदेशका सांसद राजेश शाक्यले सम्मान पत्र प्रदान गरे ।

शुक्रबार सम्पन्न भएको सो आठौं साधारणसभामा वाग्ममी प्रदेश सांसद शाक्यले पत्रकारिता क्षेत्रमा मोफसलका पत्रकारहरु सक्रिय रहेको बताउँदै शाक्यले उहाँहरुलाई काठमाडौं उपत्यकाको जानकारी दिनुपर्ने बताए ।

‘अहिले पत्रकारिता क्षेत्रमा धेरै काठमाडौं उपत्यका बाहिरका पत्रकारहरु सक्रिय रहेको छ, उहाँहरुलाई काठमाडौं उपत्यकाबारे धेरै जानकारी नहुँदा उपत्यका बारे भ्रमपूर्ण समाचार आउने गरेको छ’, शाक्यले भने, ‘नेवाः पत्रकारहरुले यस्तो भ्रम चिर्न भूमिका निभाउनुपर्छ ।’

सो आठौं साधारणसभामा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोविन्द चौलागाईँ, राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइली, नेवाः देय दबूका केन्द्रिय अध्यक्ष नरेश ताम्रकार लगायतले नेवारहरुको भाषा, संस्कृति, सम्पदाको संरक्षणको लागि नेवाः पत्रकारले मिसन पत्रकारिताको शुरुवात गर्नुपर्नेमा जोड दिए ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर वज्राचार्यको सभापतित्वमा भएको सो साधारणसभामा दबूका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, दबूका केन्द्रीय महासचिव सुनील महर्जन, कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, दबूका निवर्तमान अध्यक्ष श्रीकृष्ण महर्जनले सबैको सामूहिक प्रयासले पत्रकार दबू अहिले संस्थागत रुपमा बलियो बनिसकेको दावी गरे ।

सो अवसरमा वागमती प्रदेशका सांसद शाक्य र मध्यपुर थिमि नगरपालिकाका प्रमुख श्रेष्ठले संयुक्तरुपमा पत्रकार दबूको स्मारिका ‘लुमन्ति पौ’ को विमोचन पनि गरिएको थियो । सभाको सञ्चालन केके मान्धरले गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...