बालुवाटारबाट स्वीच अन गर्दै प्रधानमन्त्री ओलीले गरे १ सय ६५ वटा सञ्जालको शुभारम्भ

Pm oli 21

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर निर्माण हुने १ सय ६५ वटा सडक सञ्जालको एकैपटक शुभारम्भ गरेका छन् । बालुवाटारमा आयोजित विशेष कार्यक्रममा स्वीच अन गर्दै प्रधानमन्त्री ओलीले सञ्जालको शुभारम्भ गरेका हुन् ।

सरकारले दैनिक साढे ६ किलोमिटर सडह कालोपत्र हुँदै आएको बताएको छ । यस्तै प्रत्येक दुई दिनमा एउटा सडक पुल निर्माण सम्पन्न हुने गरेको पनि सरकारको भनाइ छ ।

यी सडकहरु ३ वर्षभित्र पुरा गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि मन्त्रिपरिषद्ले मापदण्ड समेत पारित गरेको छ । यस वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

प्रधानमन्त्री ओलीले गत फागुनमा पनि मदन भण्डारी राजमार्गको सुनसरीको धरानदेखि झापाको बाहुनडाँगी खण्डमा निर्माण हुने ३१ वटा पुलको एकैपटक शिलान्यास गरेका थिए ।

प्रधानमन्त्री ओलीले भने, ‘काठमाडौंमा बढी बिक्ने भनिएका राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैनन् । अनि राजीनामा मागियो प्रधानमन्त्रीको भनेर हेडलाइन बनाउँछन् । राजीनामा त माग्यामाग्यै छन् त । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न ।’

यता, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्वाङले विगतका सरकारले वर्षौसम्म पनि सडक र पुल निर्माणको काम सम्पन्न गर्न नसकेको दाबी गरे । उनले केपी ओली नेतृत्वको सरकार आएपछि एक आर्थिक वर्षमै सडक पूर्वाधारको क्षेत्रमा विकासले तीव्र गति लिएको दाबी गरे ।

समृद्धिलाई प्राप्त गर्नका लागि सडक तथा पुल निर्माण तीव्र गतिमा अघि बढेको छ । सडकहरु ६ देखि ८ लेनसम्म बन्न थालेको छ । संघीय सडक विभाग मातहत ३ हजार ५ सय १२ किमि सडक कालोपत्र भएको छ । ३३ किलोमिटर ग्राभेल सडक बनेका छन् । नयाँ ट्रयाक १ हजार ६ सय ८६ किलोमिटरभन्दा बढी बनेका छन् । प्रतिदिन साढे ६ किलोमिटर बाटोहरु बनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...