होली मेलामा झडप हुँदा २ जनाको मृत्यु, केही घाइते

Baglung jadap

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच झडप हुँदा २ जनाको मृत्यु भएको छ । केही व्यक्तिको हताहती भएका छन् ।

दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा मृत्यु हुनेमा ३६ वर्षीय प्रकाश कुँबर र ३४ वर्षीय दिपक दमाइको मृत्यु भएको छ । उनीहरुको शव बल्देधुरी भीरबाट ५ सय मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए ।

गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु र केही युवा घाइते भएको हुनसक्ने वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । घटनास्थल मानव बस्तीभन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समय लागेको हो ।

आज दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करीब ६ सय जना उपस्थित भएका थिए । स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ ।

घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । घटनापछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय भीमगिठेले जनाएको छ । विस्तृत विवरण आउँन बाँकी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...