डा. बाबुराम भट्टराईको शनिबारे टिप्पणी, ‘अगाडि आएको बाघलाई पहिले लघारौं, पछाडिका स्यालहरूसँग लड्दै गरौंला’

Baburam bhattrai

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट हटाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।

डा. भट्टराईले अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्नेबारे सोच्न जरुरी रहेको पनि बताएका छन् ।

उनले ट्वीटरमार्फत् सत्ताका लागि कोसँग सहकार्य गर्नेभन्दा पनि पहिले ओलीलाई पदबाट हटाउनेबारे सोच्नुपर्ने बेला भएको बताएका हुन् । उनले भनेका छन्, ‘अगाडि आएको बाघलाई पहिले लघारौपछाडिका स्यालहरूसँग लड्दै गरौंला ! कुनै गल्ती नगरौं !’

संघीय लोकतान्त्रिक गणतन्त्रमा ओली घातक रहेको भन्दै उनलाई हटाएपछि मात्रै अरू कुराको समाधान निस्कने दाबी गरेका छन् । ओलीलाई पदबाट हटाउने विषयमा गल्ती र ढिलाइ गर्न नहुने पनि टिप्पणी गरेका छन् ।

जसपाले सत्ता समीकरणका लागि ओलीसँग विभिन्न चरणमा यसअघि छलफल गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...