बेलौरीमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान, १ भारतीयको मृत्यु

Goli 20

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।

मृतक भारतीय नागरिक हुन् । नेपाल प्रहरीमाथि भारतीय तस्कर गिरोहले बेलौरी नगरपालिका– ७ पौलाहास्थित नेपाल–भारत सीमा क्षेत्रमा फायर गरेका जनाएका छन् ।

इलाका प्रहरी कार्यालयको टोलीले सीमा क्षेत्रमा गस्ती गरिरहँदा चार जनाको समूहले आक्रमण गरेको थियो । जवाफी फायरिङमा एक जना घाइते भए भने तीन जना भागेका थिए । घाइते भएका करिव २५ वर्षीय गोविन्द सिंहलाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको छ ।

मृतकको अन्दाजी २५ वर्षीय भारतीय युवकको साथबाट नक्कली नोट छाप्ने मेशिन, कागजत र लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । घटनापछि नायब उपरीक्षक थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...