नेकपा केन्द्रीय समितिको बैठक पेरिसडाँडामा बस्दै, महत्वपूर्ण निर्णय हुनसक्ने

Perisdanda nekapa

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक आज पेरिसडाँडामा बस्ने भएको छ । आजको बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।  संसद पुनस्र्थापनाको फैसलापछि प्रतिनिधिसभाको बैठक आव्हान गरिएपछि उत्पन्न परिस्थितिका बारेमा बैठक बोलाइएको नेकपाले जनाएको छ । 

प्रतिनिधि सभा पुनस्र्थापनापछि प्रधानमन्त्रीले राजिनामा नदिएको र सदनको सामना गर्ने बताएको परिस्थिति र निर्वाचन आयोगले नेकपाको बहुमत केन्द्रीय सदस्य उपस्थिति बैठकले गरेका निर्णयमाथि कुनै निर्णय नदिएको अवस्थामा आजको बैठक निर्णायक हुन सक्ने देखिन्छ । यसअघि निर्वाचन आयोगले साविक केन्द्रीय सदस्यहरुको बहुमतका आधारमा पार्टीको आधिकारिताको टुंगो लाग्ने आशयको पत्राचार गरेको थियो ।

सोही आधारमा प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्य आफूहरुसँग रहेको भन्दै निर्वाचन आयोगमा दावी गरेपनि आयोगले निर्णयमा आलटाल गर्दै आएको छ । आजको बैठकले संसद र निर्वाचन आयोग दुबैका बारेमा पार्टीले अब खेल्नुपर्ने भूमिकाका बारेमा ठोस निर्णय गर्नसक्ने एक केन्द्रीय सदस्यले बताएको छ । 

पार्टीले सबै केन्द्रीय सदस्यतालाई यसअघि नै नागरिकता र परिचयपत्रसहित उपस्थिति हुन निर्देशन दिएको थियो ।  निर्वाचन आयोगले ढिलाई गरेको अवस्थामा बहुमत केन्द्रीय सदस्यहरु सशरीर आयोगमा उपस्थित भएर दबाब दिने रणनीतिका बारेमा समेत छलफल हुनसक्ने देखिन्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...