यस्तो छ मन्त्रिपरिषदले गरेका निर्णयहरु

Parwat gurung

काठमाडौं । नेपाल सरकारले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई मल आपूर्ति तथा वितरक संस्थाको रूपमा तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त जानकारी दिएका छन् ।

बैठकले नेपाल न्याय सेवा, न्याय समूहका एक र कानून समूहका दुई राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढुवा नियुक्ति तथा पदस्थापना गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही फागुन १४ गते बसेको बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूह, राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कृष्णप्रसाद पुडासैनीसमेतका पाँच अधिकृतको राजपत्राङ्कित प्रथम श्रेणीको सहन्यायाधिवक्ताको पदमा बढुवा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही फागुन ११ गते बैठकले राष्ट्रिय जनगणना २०७८ को प्रशासनिक व्यवस्थापन तथा आर्थिक सुविधासम्बन्धी ९पहिलो संशोधन० मापदण्ड, २०७७ स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा दुर्गा भगवती गाउँपालिका–३, रौतहट निवासी अनिलकुमार झालाई नियुक्त गर्न सञ्चालक समितिलाई निर्देशन दिने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

भारतस्थित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय/महाविद्यालय/प्रशिक्षण संस्थासम्बन्धी संरचनाको अध्ययन भ्रमणमा सहभागी हुन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा तथा सदस्यद्वय प्राडा युवराज सङ्ग्रौला र प्राडा शम्भुराम सिंखडालाई स्वीकृति दिने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...