प्रधानमन्त्रीको प्रश्न, पार्टी खोलेको कुनै अमुक महत्वकांक्षी व्यक्तिलाई प्रधानमन्त्री बनाउन हो ? (भिडियोसहित)

Kp oli

काठमाडौं । संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने चौतर्फी दवाव बढेको छ । तै पनि प्रधानमन्त्री ओलीले किन राजीनामा दिएका छैनन् ? के उनले राजीनामा दिन नचाहेकै हुन् ? धेरैको प्रश्न छ ।अर्काेतर्फ पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरिरहेको नेकपाले भने जसरी पनि ओलीलाई संसदबाटै

प्रधानमन्त्रीबाट हटाने दावी गरिरहेको छ । तर प्रधानमन्त्री ओलीले आफूलाई सर्वोच्च प्रधानमन्त्रीबाट राजीनामा देउ नभनेकाले आफु अविश्वासको प्रस्ताव फेस गर्ने बताइरहेका छन् ।

सर्वोच्चको फैसलाले संवैधानिक हार त भयो नि भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘के मा हरायो ? राजीनामा देउ भन्यो ? अदालतले यस्तो अवस्थामा राजीनामा दिनुपर्छ भन्यो ? ’हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा उनले आफूमाथि नैतिक प्रश्न छ भन्ने पनि नरहेको जिकिर छ ।

आफूले आवश्यक परे विश्वासको मत लिने लगायतका बाटो समाउन सक्ने प्रधानमन्त्री ओलीले बताए । ‘‘मैले अरु बाटा समाउनसक्छु । आवश्यक परे विश्वासको मत लिन सक्छु । विश्वासको मतमा मलाई हराउन पर्यो नि’ ओलीले भने, ‘विश्वासको मत पनि लिइन भने अर्को पनि मेरो बाटो हुनसक्छ ।’

आफूले राजीनामा दिए सर्वोच्च अदालतको फैसलाले अस्थिरता निम्त्याएको देखिनजे उनको दाबी छ । प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेछु भन्ने लाग्या छ ? भन्ने प्रश्नमा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘मैले गरेको निर्णयले यो स्थिति होइन, देश चुनावतिर जान्थ्यो । समस्याको समाधान हुनेतिर जान्थ्यो ।’

‘राजीनामा पत्र खल्तीमै छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओली ‘राजीनामा अं भन्दै केहीबेर रोकिए । उनले अघि भने, ‘पत्र चाहीँ म लेख्दिनँ । मैले लेख्नुपर्ने अवस्था होइन, छैन ।’

‘संकटकाल लगाउनुहुन्छ ?’ भनेर प्रश्नमा प्रधानमन्त्री ओलीले हाँस्दै भने, ‘अर्को पनि बाटो छ, अविश्वासको प्रस्ताव पारित गरेर मलाई हटाउने संसदीय र संवैधानिक बाटो छ ।’ अहिले पनि आफू संसदमा ६४ प्रतिशतको प्रधानमन्त्री भएको भन्दै उनले अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती दिए ।

उनले भने, ‘कांग्रेस र मधेसवादी दलले राजनीति गरेको, पार्टी खोलेको कुनै अमुक महत्वकांक्षी व्यक्तिलाई प्रधानमन्त्री बनाउन हो ?’

कांग्रेस सभापति शेरबहादुर देउवासँग राम्रो मित्रता छ नि भन्ने प्रश्नमा उनले लोकतन्त्रका लागि लड्ने आफूहरुको पुरानै समझदारी रहेको दाबी गरे । शेरबहादर देउवा र रामचन्द्र पौडेलसँग लामो समयदेखि संगत गरेका कारण आफुलाई साथ दिने उनले तर्क गरे ।

Video

प्रतिकृया दिनुहोस