प्रतिनिधिसभा पुनर्स्थापना भए पनि द्धन्द्धको खतरा कायम : अध्यक्ष ढकाल

Pariwar dal news

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरे पनि देशमा द्धन्द्धको खतरा नटरेको बताएका छन् ।

बुधबार नेपाल परिवार दलले काठमाडौंमा आयोजना गरेको बागमति प्रदेश स्तरीय कार्यकर्ता भेलामा अध्यक्ष ढकालले सर्वाेच्च अदालतले प्रतिनिभिसभा पुनर्स्थापना गरेकाले त्यसलाई सबैले स्वीकार्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ढकालले देशको राजनीतिक संकट समाधानका लागि सबै दलहरु एक हुनुपर्नेमा पनि जोड दिए । ‘देशले नयाँ कोल्टे फेर्ने बेला भएको छ । तर एक्लै अघि बढ्न खोजे मुलुक अस्थिरतातर्फ जान सक्छ’ अध्यक्ष ढकालले भने, ‘मुलुकको विहत्तर विकास, शान्ति र समृद्धिका लागि पनि सबै राजनीतिक पार्टीहरु एक ठाउँमा उभिनुपर्छ ।’

पूर्व मन्त्रीसमेत रहेका ढकालले नेपालका पुराना दलहरुले समृद्धिका कुरा गरे पनि सुसाशनलाई कम महत्व दिएको बताए । उनले विकास र सुशाषनलाई एकैसाथ अघि बढाए मात्र उन्नति सम्भव हुने उनले बताए ।

सो कार्यक्रममा संविधान सभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले प्रतिनिधि सभाको पुनर्स्थापनाले देश दुर्घटनामा जानबाट रोकेको बताए । उनले हिजोको तुलनामा आज देशमा खुसीयाली छाएको र यसलाई टिकाउन जरुरी रहेको बताए । उनले संविधान निर्माणमा जसरी दलहरु लागे, त्यसरी नै जोगाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा अन्तरधार्मिक परिषद अध्यक्ष केशव चौलागाई, नेपाल परिवार दलका महामन्त्री बिनोद डाँगी, दलकी कोषाध्यक्ष एवम् संबिधान सभा सदस्य मिलनकुमारी राजबंशी, केन्द्रीय सदस्य गोविन्द मिश्र, लक्ष्मीप्रसाद भण्डारी, दयाराम कडेल, सन्तबहादुर पन्त लगायतले नेपालमा शान्ति स्थापनाका लागि परिवार दलले खेलेको भुमिकाको चर्चा गरेका थिए ।

दलका बाग्मती प्रदेश संयोजक गणेशकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा लामो सययदेखि कला, साहित्य तथा विभिन्न क्षेत्रमा क्रियाशील रहेर समाज बिकासमा उत्कृष्ठ योगदान गरेका व्यक्तिहरुलाई सम्मान गष्रएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...