डा. बाबुराम भट्टराई  अस्पताल भर्ना

Baburam bhattarai 1

काठमाडौँ । स्वास्थ्य उपचारको लागि भारतको नयाँ दिल्ली पुगेका  पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई आज अस्पताल भर्ना भएका छन् ।

डा.भट्टराईलाई नयाँदिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ । हिजो चिकित्सकसँग प्रारम्भिक परामर्श लिएका डा.भट्टराई आज थप उपचारको लागि भर्ना  भएका हुन् । 

ललितपुरको निदान अस्पतालमा गरिएको परिक्षणमा डाक्टर भट्टराईको पेटमा ट्युमर आशंका गरिएपछि थप परिक्षण एवं उपचारका लागि दिल्ली गएका हुन् । 

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको आज दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा विहान ९ बजेदेखि भर्ना गरिएको छ । आज दिनभर उनलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ ।  

प्रतिकृया दिनुहोस