पूर्वप्रधानमन्त्री डा.भट्टराई उपचारको लागि भारत प्रस्थान

Baburam

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई उपचारका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।

डा.बाबुराम भट्टराई नेपाल वायुसेवाको विमानबाट नयाँ दिल्ली जानुभएको उनको सचिवालयले जनाएको छ । पेटमा समस्या देखिएपछि डा.भट्टराईले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा उपचार गराइरहेका थिए ।

चिकित्सकले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सिफारिस गरेकाले थप उपचारका लागि दिल्ली जान लागेको डा. भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेको भनाइ छ । डा.भट्टराईले दिल्लीमा इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेसमा उपचार गराउने भएका छन् ।

उपचारका क्रममा वहाँ दिल्लीस्थित नेपाली दूतावासमा बस्ने तय भएको छ । डा.भट्टराईसँग पत्नी हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे पनि दिल्ली गएका छन् । 

प्रतिकृया दिनुहोस