प्रचण्ड भन्छन्, ‘केपी जीले गर्ने भनेको पञ्चर्‍याली मात्र हो’

Prachanda 22

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले ओली समूहले शुक्रबार गर्ने भनेको भेलालाई पञ्च¥यालीको संज्ञा दिएका छन् ।

प्रचण्डले सरकार आफैंले जुलुस निकाल्नु भनेको पञ्चायतमा निकालिने पञ्चर्‍यालीजस्तै भएको बताए । ‘आफैं संविधान मिच्ने, संसद् विघटन गर्ने अनि मानिस भेला पार्ने भनेको पञ्च र्‍याली नै हो,’ दाहालले भने, ‘संसदीय सुनुवाइ नगरी संवैधानिक आयोगहरुमा नियुक्त गरिएको छ । यो जंगल राजजस्तो भयो ।’

बिहीबार पार्टीले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा सातदोबाटो पुगेका उनले सरकारले संविधान मिच्ने काम गरेको बताए । प्रचण्डले संविधानविपरित संवैधानिक नियुक्तिको विरुद्ध आम हड्ताल गरेर सडकमा उत्रिनु परेको बताए । ‘अब हामीले गर्ने भनेको जनआन्दोलन हो’, प्रचण्डले भने, ‘केपीजीले गर्ने भनेको पञ्जे र्‍याली मात्र हो ।’

‘जबरजस्ती लगेर संवैधानिक निकायमा नियुक्ति गरियो । यसले प्रतिगमनको उग्र रुप देखिएको छ’, प्रचण्डले भने, ‘नेपाली जनता केही अप्ठेरो भए पनि आन्दोलनमा लाग्छन् ।’

उनले आफूहरुको आन्दोलन लोकतन्त्रको रक्षाका लागि भएको बताए । ’जसरी असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ त्यसको विरुद्धमा हाम्रो आन्दोलन हो’, उनले भने, ‘यो आन्दोलन केपी र प्रचण्डबीचको जुहारी नभई गणतन्त्र र गणतन्त्रविरोधीको लडाइँ हो ।’

उनले आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने बताए । ‘हामी अझ ठूला आन्दोलन गर्ने छौं । २८ गते विशाल प्रदर्शन गर्नेछौं,’ दाहालले भने, ‘फागुनको पहिलो हप्ताबाट जनआन्दोलन हुन्छ । ठूलो जनआन्दोलन हुन्छ । त्यसले सबै लोकतन्त्र विरोधीहरुलाई बढार्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...