संवैधानिक आयोगका पदाधिकारीले लिए सपथ

Rastrapati karyalaya

काठमाडौँ । संवैधानिक परिषद्को सिफारिश बमोजिम संवैधानिक आयोगहरूमा प्रमुख तथा पदाधिकारी नियुक्त गरिएको छ । परिषद्ले गत मंसिर ३० गते गरेको सिफारिशबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक आयोगहरूमा प्रमुख तथा पदाधिकारी नियुक्त गरेकी हुन् ।

नवनियुक्त पदाधिकारीहरूलाई बुधवार राष्ट्रपति कार्यालय शीतलनिवासमा विशेष समारोहका बीच शपथ ग्रहण समेत गराइएको छ । राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आयोगका प्रमुख आयुक्त तथा अध्यक्षहरूलाई शपथ ग्रहण गराएका हुन् ।

त्यसलगत्तै नवनियुक्त प्रमुख तथा अध्यक्षले आ–आफ्ना निकायका अन्य पदाधिकारीलाई शपथ ग्रहण गराएका छन् । परिषद्ले गरेको सिफारिशको पत्र गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएकै दिन संसद् सचिवालयमा पुगेको थियो । पत्र संसद् सचिवालयमा पुगेको ४५ दिनपछि संसदीय सुनुवाइविनै शपथ गराइएको हो ।

परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी नियुक्तिका लागि सिफारिश गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...