सिटी जेसिजको बर्ष २०२१ को कार्यसमिति चयन, महासचिवमा करूणा

City jci

धनकुटा । धनकुटा सिटी जेसिजको २०२१ का लागि पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

समाजको ऐनाको रुपमा लिइने जेसिजको अध्यक्षमा अध्यक्षमा पुण्यप्रसाद अधिकारी, कार्यकारीणी उपाध्यक्षहरुमा रेणु सिलवाल, दुर्गा सन्जेल, उपाध्यक्षहरु सीमा गजमेर, इश्वरी सुवेदी, रमेश खत्री, सन्ध्या राई, महासचिव करुवा कटुवाल, कोषाध्यक्ष सुरेश धमला चयन भएका छन् ।

त्यसैगरी जनसम्पर्क अधिकारी सरिता लिम्बु, सचिव अनिषा रुचाल र कोषबृद्धी संयोजक टंकवीर थापा लगायतको कार्य समिति निर्वाचित भएको छ भने कानुनी सल्लाहकार विजय अधिकारी चयन भएका छन् ।

धनकुटा सिटी जेसिज बर्ष २०२० का अध्यक्ष रामप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बर्ष २०२० का पुरानो कार्य समितिको विदाई गर्दै महासचिव करुवा कटुवाललाई पद हस्तान्तरण गरियो ।

पदहस्तान्तरण कार्यक्रममा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले जेसिजले समाजलाई रुपान्तरण गर्न सक्ने भएकाले धनकुटाको विकास र समृद्धिका लागि जेसिजसँग मिलेर काम गर्ने बताए ।

उक्त कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्ताषी राई, विभिन्न पार्टी प्रतिनिधि, जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्का, इटहरी जेसिजका अध्यक्ष विकास राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...