आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिकाले आज शहीद दिवसको दिन सार्वजनिक विदा दिएको छ । शहीद दशरथ चन्दको जन्मभूमिमा विशेष कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइने भएकाले नगर क्षेत्रमा सार्वजनिक विदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिएका छन् ।

उनले भने, नगरपालिकाभित्र पर्ने सबै शैक्षिक संस्था, वडा कार्यालय र नगरपालिकाको कार्यालय आज बन्द रहेका छन् । यसैबीच शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानले आज सुन्दरखालीबाट ¥यालीसहित शहीद चन्दको घरमा पुगेर श्रद्धाञ्जलीसभा आयोजना गर्दैछ ।

जहानियाँ राणा शासनको विरुद्ध लागेको भन्दै तत्कालीन शासकले दशरथ चन्दलाई १९९७ माघ १५ गते काठमाडौंको शोभा भगवतीमा गोली हानी हत्या गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

साग टिप्दा वडाध्यक्षले नै तिराए ५ हजार जरिवाना, अपमान सहन नसकेर महिलाले गरिन् आत्महत्या

Janakpur sucide

जनकपुरधाम । खेतमा साग टिपेर गल्ती गरेको निष्कर्ष निकाल्दै समाजको भेलाले जरिवाना तिर्न लगाएपछि धनु...