प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस, के होला फैसला ?

Kp oli 15

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ ।

प्रतिनिधिसभा विघटनबारे सुनुवाइ जारी रहेको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै कानुन व्यवसायीले प्रश्न उठाएका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे वकिलहरूले ‘राजतन्त्रकालमा समेत यस्तो निर्लज्ज प्रहार गरिएको थिएन’ भन्ने निष्कर्ष निकालेका थिए भने प्रधानमन्त्रीले ‘बाजे वकिल’ भनेको बारे बारका पूर्व अध्यक्षहरूको विज्ञप्ति निकालेर खण्डन गरेका थिए ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको विषयलाई लिएर तमासा भइरहेको अभिव्यक्ति दिएका थिए । त्यसको चौतर्फी आलोचना भइरहेको छ ।

ओलीमाथि कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको मागसहित आइतबार वरिष्ठ अधिवक्ता कुमार शर्माले निवेदन पेस गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...