संसद विघटनको विरुद्धमा विभिन्न महिला संगठनहरूको संयुक्त जुलुस काठमाडौंमा

Mahila 696x378

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको  विरुद्धमा विभिन्न महिला संगठनहरूले काठमाडौँमा  संयुक्त जुलुस निक्लेको छ।

रत्नपार्कको शान्तिबाटिकाबाट निस्केको जुलुस भोटाहिटी, न्युरोड र बीर अस्पतालछेउ हुँदै शान्ति बाटिकैमा पुगेर सभामा परिणत भएको थियो ।

शान्ति बाटिकामा पुगेपछि महिला संगठनका वक्ताहरूले खड्ग ओलीको कदम असंवैधानिक भएको बताउँदै त्यसविरुद्ध जनता सडकमा उत्रनुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस