कक्षा ११ को परिक्षा दिन छात्रालाई होटेल पुर्‍याएपछि तीन जना शिक्षक समातिए

Arrested arrest kaidi

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका१ हरिचोकमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका तीन शिक्षक पक्राउ परेका छन् । उनीहरुविरुद्ध छात्रालाई अमर्यादित रुपमा परीक्षा दिन लगाएको आरोप रहेको छ ।

सोही विद्यालयमा अध्ययनरत एक छात्रालाई होटलमा लगेर अमर्यादित रुपमा परीक्षा दिन लगाएको आरोपमा विद्यालयका प्रधानाध्यापकसहित ३ जना शिक्षक पक्राउ परेका हुन् ।

विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रालाई ऐच्छिक अंग्रेजी तथा शैक्षिक विधि विषयक आंशिक परीक्षामा छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगेर परीक्षा लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा–१८ कास्कीकोट स्थायी घर भई हाल पोखरा–१ बाघबजार बस्ने राष्ट्रिय माविका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, कास्कीको रुपा गाउँपालिका वडा नम्बर ४ घर भइ हाल पोखरा ११ फुलबारी बस्ने सोही विद्यालयका ४१ वर्षीय शिक्षक घनश्याम रेग्मी तथा पोखरा २० भलाम घर भइ सोही विद्यालयमा शिक्षकका रुपमा कार्यरत ४० वर्षीय शिरिषकुमार बस्ताकोटी रहेका छन् ।

छात्रालाई अमर्यादित तरिकाले परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य समेत भएको हुन सक्ने देखिएकोले आवश्यक अनुसन्धान गरी दोषीउपर कारवाही होस् भन्दै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको जाहेरी सहितको कागजात प्रहरीसम्म पुगेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई शिक्षा ऐन अन्तरगत मुद्धामा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...