एक सक्षम र शाहसिक प्रहरी उपरिक्षक : ग्राहकलाई सहज सेवा दिन दिनभर खटिन्छन् गेटमा (भिडियो सहित)

140826153 242626660603142 8935416239300358921 n

काठमाडौँ । निडर स्वभाव कतव्र्य निष्ठ  राष्ट्र सेवकको पहिचान बनाएका गोरखा  जिल्ला प्रहरी प्रमुख (एसपी) सुरेन्द्र गुरुङ सेवामा प्रवेश गरेदेखि नै महत्वपूर्ण जिम्मेवारी पुरा गर्दै आइरहेका छन् । राष्ट्र सेवामा उत्कृष्ट कार्य गरेबापत विभिन्न विभूति प्राप्त गरेका उनले गोरखा जिल्लामा प्रवेश गरेसँगै जिल्लाको मुहार फेरिएको अनुभूति गरिएको छ ।

जिल्लामा लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरुले आफुहरु व्यवसायको लागि सुरक्षित रहेको महशुस गरेको बताउँछन् । गत वर्षको तुलामा यस वर्ष जिल्लामा राजस्व संकलनमा समेत वृद्धि भएको छ । विभिन्न निकायबाट कडाइ हुने गैरकानुनी रुपमा उठ्ने राजस्व संकलन भएको छ ।

उक्त रकम मुद्दा फाँटबाट सोझै प्रशासनमा जाने गरेको छ । कुनैपनि विचौलियाले राजस्व संकलन भएको रकम लिन नपाउने गरि प्रशासनमा पुर्याउने गरेको पाइएको छ ।  एसपी गुरुङले जिल्ला भित्र हुने सवारी दुर्घटना न्यूनिकरणको लागि ट्राफिक व्यवस्थापनमा कडाई गर्नुको साथै जिल्लाको हरेक बस्तीमा रात्रीकालिन गस्ती खटाई सुरक्षा व्यवस्था मजबुत बनाइएको पाइएको छ ।

एसपी गुरुङले जिल्लामा चालेका कडा कदमको कारण जिल्लाभित्र हुने चोरी, डकैति, लुटपाटको घटनामा न्यूनिकरण भएको जिल्ला बासीले अनुभव गरेका छन् । आफ्नो क्षेत्रमा रहेर निष्ठवान कर्तव्य निर्वाह गरिरहेका गुरुङ स्वंयम फिल्डमा पुगेर दिन रात नभनि सेवा ग्राहीलाई सेवा प्रदान गर्दै आएका छन् ।

सदावहार सेवाग्राहीको सेवामा तल्लिन रहेका एसपी गुरुङ आफै कार्यलयको गेटमा बसेर भाइचारको नाताले ‘प्रहरी हाम्रो साथी’ को नियम संम्बत सेवा दिने गरेका छन् ।  जिल्लामा उनले गरेको कार्य यतिमा मात्रै सिमित छैन् ।  जिल्लाका अन्य मिलन केन्द्र संस्थाका कर्मचारी सदस्यहरु एसपी गुरुङको काम कारबाहीप्रति पूर्णरुपमा विश्वस्त रहेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...