पशुपति पुस्तकालयका महत्वपूर्ण दुई सय पुस्तक पूर्व पदाधिकारीसँग

Pashupatinath e1571189453786

काठमाडौँ । पशुपति पुस्तकालयमा रहेका पूर्वीय दर्शनसँग सम्बन्धित महत्वपूर्ण करिब २०० पुस्तकहरु अहिले भेटिँदैनन् । ती पुस्तक पढ्न भनेर लगेका पूर्व पदाधिकारीहरुले २० औँ वर्षदेखि फिर्ता गरेका छैनन् ।

पशुपति क्षेत्रमा रहेको पुस्तकालयमा रहेका पाँच हजारमध्ये महत्वपूर्ण २०० पुस्तक कोषका पूर्व पदाधिकारीले लगेको सूचना आफूले पाएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा बताउँछन् । ती पुस्तक पूर्व पदाधिकारीको घरैमा गएर फिर्ता ल्याउने योजना रहेको खतिवडाको भनाइ छ । “ती पुस्तक घरघरमै गएर सङ्कलन गरी नमूना पुस्तकालय सञ्चालन गर्छौँ, पशुपति क्षेत्रमा आउने भक्तजनले समेत केही समय बसेर अध्ययन गर्न चाहेमा पढ्न पाउने व्यवस्था मिलाउँछौँ”, खतिवडा भन्छन् ।

कोष मातहत पुस्तकालय भए पनि विगतमा कमै खुल्ने गरेको थियो । कोषले हालै पुस्तकालय हेर्ने कर्मचारीसमेत तोकेको छ । वेद विद्याश्रममा अध्ययन गरेर हाल अध्यापनसमेत गराउन थालेका मनोज घिमिरेले त्यहाँ २० वर्ष बिताइसकेका छन् । यो अवधिमा कहिलेकाहीँ मात्र पुस्तकालय खुलेको उनी बताउँछन् ।

नेपाल वेद विद्याश्रमले २०३१ सालमा स्थापना गरेको पुस्तकालयमा पशुपति क्षेत्र विकास कोष स्थापना भएपछि कोषको पुस्तकालयसमेत एकीकृत गरी एउटै पुस्तकालय सञ्चालन गरिएको थियो । २०५६ साउनपछि वेद विद्याश्रमसमेत कोषले सञ्चालन गर्न थालेको छ । कोषले वेद विदाश्रम सञ्चालन गर्न थालेपछि दुवै पुस्तकालयलाई एउटै बनाइएको हो ।

२०५६ देखि कोषले चलाएको पुस्तकालयमा तोकिएका कर्मचारी कहिले आउने कहिले नआउने गर्दा प्रायः जसो बन्द रहने गरेको थियो। पशुपतिनाथको मन्दिर रहेको क्षेत्रमा स्वदेश र विदेशबाट समेत वार्षिक लाखौँ पर्यटक आउने भए पनि उनीहरुका लागि पशुपतिनाथ, पूर्वीय दर्शनलगायत विषयमा जानकारी लिने पुस्तकालयको अभाव छ ।

पुस्तकालयमा विभिन्न वेद, शिवपुराण, नेपाली निघण्टुलगायत पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तक छन्। शहरी क्षेत्रमा इ–पुस्तकालयको समेत अवधारणा आइसकेको समयमा यहाँ भने भइरहेको पुस्तकालयसमेत व्यवस्थितरूपमा सञ्चालन हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...