गृहमन्त्री रामबहादुर थापा भन्छन्, संसद पुनस्थापनाको नारा लिएर हिड्नेहरु पश्चगामी

गृहमन्त्री विरुद्ध नारावाजी गर्दै नेविसंघले देखायो कालो झण्डा

Grihamantri dkt ma

धनकुटा । गृहमन्त्री रामबहादुर थापाले संसद पुनस्थापनाको नारा लिएर हिड्नेहरु पश्चगामी भएको आरोप लगाएका छन् । गृहमन्त्री थापाले संसद पुर्नस्थापना गर्न चाहनेहरु राजसंस्था पुर्नस्थपना गर्न चाहनेहरु रहेको आरोप समेत लगाए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले प्रधानमन्त्रीलाई राजनीतिक ‘कु’ गर्ने षड्यन्त्र भएको थाहा भएपछि प्रधानमन्त्रीले संसद विगठन गर्नु परेको समेत गृहमन्त्री थापाले स्पष्ट पारे ।

प्रतिगामी शक्तिले आफ्नो गुमेको शक्तिलाई पुस्थापना गर्न लागि रहेको उल्लेख गर्दै नेकपाको नेतृत्वले त्यसको पर्दाफास गर्दै जनआन्दोलनको उपलब्धीलाई रक्षा गर्न लाग्नुपर्ने बताए । प्रतिगमनलाई रोक्न संसद विगठन एकमात्र विकल्प भएको बताए । राष्ट्रियताको आन्दोलनमा एक भएर लड्नु पर्ने बेलामा प्रचण्ड र माधव नेपालको अपवित्र गठबन्धनले अहिलेको अवस्था आएको समेत बताए ।

राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकताका लागि चुनावको विकल्प नरहेको समेत उनले जिकिर गरे । उनले हिजो भएका सबै उपलब्धी आन्दोलनबाटै भएको भन्दै उहाँले राजनितीक स्थायीत्वका निम्ती नयाँ आन्दोलन चाहिएकाले संसद विगठन गरेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिबालय सदस्यसमेत रहेका थापाले मध्यावधि निर्वाचनमा जानु भनेको आन्दोलनमा जानु रहेको बताए । केहीलाई चुनावमा जाँदा पराजित भइन्छ भन्ने डरले चुनावमा जान डराएको बताउँदै मन्त्री थापाले अदालतले सरकारको निर्णयलाई सदर गर्ने विश्वास भएको बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतम, गोपाल गुरागाई, देवराज घिमिरे लगायतले लोकतन्त्रमाथि खतरा हुने भएकाले अहिले नयाँ जनादेशका लागि निर्वाचनमा जानुपरेको बताए । राष्ट्रियतालाई जोगाउदै लोकतन्त्रलाई रक्षाका लागि निर्वाचन एकमात्र विकल्प भएकाले आम कार्यकर्ताहरुलाई निर्वाचन होमिन निर्देशन दिए ।

यसैबीच गृहमन्त्री थापालाई नेपाल विद्यार्थी संघ धनकुटाले कालो झण्डा देखाएका छन् । उनीहरुले सल्लेरी ब्यारेकबाट त्रिवेणी माविमा रहेको कार्यक्रम स्थलमा आउँदै गर्दा गोकुण्डेश्वर श्व विद्यालय छेउमा कालो झण्डा देखाउँदै गृहमन्त्रीको विरुद्धमा नारावादी गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...