निर्वाचनको तयारीमा जुट्न  मन्त्री नेम्वाङको आह्वान

Basanta

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा शुक्रबार फिदिममा आयोजित बृहत् कार्यकर्ता भेलामा उनले ताजा जनादेशबाट मुलुकलाई निकास दिनुको विकल्प नरहेको वताएका हुन् ।

“नेकपाकै बहुमत रहे पनि सरकारले काम गर्न नसक्ने स्थिति निर्माण गरिएपछि दुई वर्ष किन खेर फाल्ने भनेर सरकारले ताजा जनादेशमा जाने निर्णय लिएको हो”, उनले भने, “सर्वोच्च अदालतले स्टेअर्डर जारी नगरेपछि निर्वाचन हुने निश्चित भयो, अब तयारीमा लागौँ ।”

मन्त्री नेम्वाङले वर्तमान सरकारकै कारण सधैँ खर र फुसको छानोमा बस्न विपन्न नागरिकले जस्तापाता पाएको, सबै नागरिकलाई स्वास्थ्य, विद्युत्, खानेपानी, सडकसहितका पूर्वाधारको पहुँचमा पुर्याउने प्रयास भएको र राष्ट्रियतालाई बलियो बनाउने कार्यमा सफल भएकाले यिनै उपलब्धि लिएर जनतामा जान पार्टी कार्यकर्तालाई आग्रह गरे । “वर्षौँवर्ष हुन नसकेका काम यो सरकारले गरेको छ”, उनले भने, “यिनै कुरा लिएर जनतामा जानुपर्छ ।”

नेकपा प्रदेश कमिटी सदस्य देवराज घिमिरेले हत्याहिंसाका काममा संलग्नदेखि जातीवादी र राजावादीसँग साँठगाँठ गर्ने कोही पनि कम्युनिष्ट हुन नसक्ने भन्दै सरकारले गरेका कामहरु नै जनतामा पुर्याउन सके पर्याप्त हुने बताए ।

नेकपाका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले ताजा जनादेश लिन जनतामा जाने कुरालाई अस्वीकार गर्नु लोकतान्त्रिक चरित्र नभएको बताए । उनले मुलुकको विकास र समृद्धि, नागरिकको सुखसुविधा तथा राष्ट्रियताको संवद्र्धनका लागि जनतालाई बुझाउनुपर्ने समय आएको बताए ।

नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष राजकुमार भण्डारीले नयाँ जोशसहित पार्टी निर्माण गर्नुपर्नेमा जोड दिँदै विगतमा समेत विभाजनका दुःखद् घटनापछि विजय प्राप्त गरेको स्मरण गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...