स्वदेश फर्किइन् प्रचण्ड पत्नी सीता     

Sita dahal

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल भारतको मुम्बईमा उपचार गरेर स्वदेश फर्केकी छन् ।

पुस २० गते थप उपचारका लागि भारतको मुम्बई लगिएकी सीतालाई बिहीबार एअर इन्डियाको उडान एआई २०१३ बाट स्वदेश फर्काइएको हो । उपचारका लागि प्रचण्ड, छोरीहरु रेणु र गङ्गा दाहालसँगै गएका थिए ।

प्रचण्ड स्वदेश फर्केको केही दिनपछि सीता पनि दुई छोरीसँग स्वदेश फर्केकी हुन् । उनी वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन् । यसअघि उनको स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा उपचार गरिएको थियो ।

पछिल्लो समय मुम्बई जानुअघि पनि सीताको मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...