एकैचोटी ३ जना पछि लागेपछि रेश्मा “कन्फ्युज” (भिडियो सहित)

Confused

लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका गीतकार डा. चन्द्र गिरीको शब्दरचना, शंकर थापा ‘स्माइल’ को सङ्गीत र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘कन्फ्युज छु’ को भिडियो रिलिज भएको छ l भिडियो Rupantara Music बाट आज रिलिज भएको हो l गम्भीर बिष्टको निर्देशन र सुबोल थापाको कोरियोग्राफीमा ललितपुरस्थित छैमले रिसोर्टमा केहीदिन अघि मात्र भिडियोको छायाङ्कन भएको थियो l

जसमा रेश्मा घिमिरे, आर्यन खरेल, काजी दर्शन र डिमोन क्षेत्रीले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l गीतको भाव अनुसार फरक फरक आर्थिक हैसियत र फरक रुप रङ्गका केटाहरुले एकैचोटी मन पराएपछि युवती कसलाई रोज्ने भन्ने कन्फ्युजनमा भएको कुरालाई मनोरञ्जक ढङ्गमा भिडियोमा उतारिएको छ l


नवराज उप्रेतीको सिनेम्याटोग्राफी रहेको यस भिडियोको सम्पादन तथा कलर करेक्शन नवीन निरौलाले गरेका हुन् l यस भिडियोका तीनैजना केटा मोडलहरुको टिकटक मन पराएर निर्देशक विष्टले उनीहरुको खोजी गरी मोडलिङका लागि अफर गरेका थिए l

तिनैजनाले आफूले अपेक्षा गरे अनुसार नै अनुभवी र स्थापित कलाकारले झैं अभिनय गरेको कुरा विष्टले बताए l ‘बिबाह गर्ने उमेर पुगिसकेपछि धेरैजसो युवतीहरुको जीवनमा स्वाभाविक रुपमा उत्पन्न हुने कन्फ्युजन बोकेको रियालिटी बेश गीत भएकोले अत्यन्तै मेहेनत गरी अलिअलि चञ्चलता झल्कनेगरि मोर्डन भावमा सङ्गीत गरेको छु l भिडियो आएपछि दर्शक स्रोतालाई मन पर्ने छ भन्ने आशा छ’ सङ्गीतकार शंकर थापा ‘स्माइल’ भन्छन् l

फिल स्टुडियोमा प्राविधिक कुमार केसीले रेकर्ड गरेको यो गीतको म्युजिक एरेन्ज उदयराज पौडेलले र मिक्सिङ / माष्टरिङ अशोक महर्जनले गरेका हुन् l औपचारिक रुपमा सङ्गीत यात्रा सुरु गरेको छोटो समयमै चर्चामा आएका गीतकार डा. चन्द्र गिरीका लगभग एक दर्जन गीत रेकर्ड भईसकेका छन् l

डा. गिरीद्वारा रचित यसअघि रिलिज भएको दीपक शर्माको सङ्गीत र शिव परियारको स्वर रहेको गीत ‘नाचें फिरिरि’ को भिडियोले युट्युबमा ३ मिलियन बढी भ्युज पाएको छ l डा. गिरी वरिष्ठ वातावरणविद् हुन् l

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...