पछिल्लो २४ घण्टामा ४०३ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु 

Corona psycho

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार ४०५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ। गत २४ घन्टामा ५ हजार ३२ पीसीआर परीक्षण भएको छ।

देशभर ४ हजार ४ सय २६ सक्रिय संक्रमित रहेका छन्। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ४३ पुगेको छ।

प्रतिकृया दिनुहोस