विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ

Dharmendra bastola

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । बाँस्तोलालाई प्रहरीले ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् । बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निकट नेता विवेक कुमाल पनि पक्राउ परेका छन् ।

केही समयअघि मात्रै मुलुकका चारवटै सुरक्षा फौजले प्रतिबन्धित विप्लव समूहले ‘संघर्ष’ को दोस्रो चरणमा प्रवेश गर्ने तयारी गरिरहेको निष्कर्ष निकालेको थियो । सोसँगै सुरक्षा निकायले विप्लव समुहको गतिविधिलाई निस्तेज पार्न निगरानी बढाइसकेको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले सरकारलाई गरेको सुरक्षा ब्रिफिङमा प्रतिबन्धित समूह हिंसात्मक गतिविधितर्फ लागेर सरकारप्रति दबाव सिर्जना गर्न उन्मुख भएको भनिएको छ ।

प्रतिकृया दिनुहोस