पूर्व सहकर्मीलाई प्रचण्डको प्रश्न : जनयुद्धलाई कुहिएको फर्सी भनेको कसरी सुन्न सकेको ?

Parchanda

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘के जनयुद्ध कुहिएको फर्सी थियो भने कमरेड केपीले जनयुद्ध ठीक भनेर गरेको हस्ताक्षर कीर्ते थियो त ?,’भनेर प्रश्न गरेका छन् ।

मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रचण्डले मदन भण्डारीको लाइन छोड्ने माधव नेपाल नभइ ओली नै भएको दावी गरे। ‘प्रधानमन्त्री पदका लागि मात्रै समाजवादउन्मुख रहेछ, जबज प्राप्त गर्नका लागि होइन रै’छ,’ प्रचण्डको भनाइ छ, ‘एउटा प्रधानमन्त्री पद पाउनका लागि मात्रै यो सब गर्नु भएको रहेछ।’

उनले प्रधानमन्त्री ओलीले जनयुद्ध कुहिएको फर्सी थियो भन्ने कुराले आफूलाई हाँसो लोगेको बताएका छन् । त्यस्तो कुरा कसरी सुन्न सकेको भनेर आफ्ना पूर्व सहकर्मीहरुप्रति प्रश्न गरेका छन्।

उनको भनाइ थियो, ‘पूर्वमाओवादी साथीहरु, जो केपी गुटमा जानु भएको छ, उहाँहरुले कसरी सुन्न सक्नु भयो कि जनयुद्ध कुहिएको फर्सी थियो भनेको ?’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...