बिना कार्यसुची प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने

Kp oli 15

काठमाडौं । बहुमतको सरकार हुँदाहुँदै प्रतिनिधिसभा विगठन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभामा पनि असंवैधानिक कदम भन्दै विरोध भइरहेको छ । यसैबीचमा उनले आज राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेका हुन् ।

आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । तर, प्रधानमन्त्री ओलीले आफैं राष्ट्रिय सभामा आउँछु भनेपछि सम्बोधनका लागि समय तय गरिएको छ ।

प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय भएको पुष्टि गरेका छन् । उनले दिउँसो १ बजे सम्बोधन गर्ने छन् । तर, के विषयमा सम्बोधन गर्न खोजिएको हो भन्ने अहिले केही खुलाइएको छैन । यद्यपि ओलीले आफुले प्रतिनिधिसभाको विगठन गर्नको कारण खुलाउनका लागि र बहुमत आफ्नो पक्षमा पार्न पनि सम्बोधन गर्न खोजेको आँकलन गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...